गायक/संगीतकार रोशन परियार आधा मुटुमा बाच्दै(भिडियो सहित )

गायक/संगीतकार रोशन परियार आधा मुटुमा बाच्दै(भिडियो सहित )

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौँ, १७ चैत ।
पेउघा ५ रुकुममा माता तिलसरि परियार र पिता लाल बिर परियारको पुत्र पछिल्लो पुस्तका चर्चित संगीतकार रोशन परियारको नया लोकदोहोरी गीत बजारमा आएको छ ।
“आकाशैमा जुन छ” को अपार सफलता पछी “आकाशैमा जुन छ भाग-२” “पिरतीले सिकाउछ वाच्न अनि मर्न” नाम गरेर बजारमा सार्बजनिक भएको गीतमा शब्द जिबन प्याकुरेलको छ भने लय रोशन परियारकै रहेको छ ।
बहु चर्चित गायिका देवी घर्ति र रोशन परियारको आवाजमा चर्चित मोडल सारिका केशी र आशीष जिसीले अभिनय गरेका छन भने उक्त गीतलाई निर्देशन चर्चित निर्देशक कपिल लामाले गर्नु भएको छ र छायांकन सुरेश श्रेष्ठले गर्नु भएको छ र सम्पादन सुजन साहीले गर्नुभएको छ गीतको म्युजिक भिडियो रोशन परियारकै कम्पनि मेशना डिजिटल प्रा.लि मार्फत सार्बजनिक भएको हो ।
उहाले धेरै गीतहरु बजारमा पठाए पनि “आकाशैमा जुन छ” जस्तो चर्चामा अरु गीत तेती देखिएन तर “आकाशैमा जुन छ” बजारमा आए पछी उहाको हरेक सृजना श्रोताको पर्खाइ बन्न पुगेको छ ।
लघभग ४ दर्जन भन्दा बढी गीतमा सहकार्य गरिसकेका सर्जक रोशनका आवाजमा अब लगातार १ दर्जन गीत रेकर्डिङको तयारीमा छन् भने ३ दर्जन भन्दा बढी गीत मेशना डिजिटल मार्फ़त् बजारमा आउन लागेको गायक तथा संगीतकार रोशन परियारले जानकारी दिनु भयो ।

भिडियो हेर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी