काभ्रेपलाञ्चोकमा फरार ३० अपराधी पक्राउ

काभ्रेपलाञ्चोकमा फरार ३० अपराधी पक्राउ

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

बनेपा, १७ चैत ।
काभ्रेपलाञ्चोकमा दुई महिनाको अवधिमा प्रहरीले अदालतबाट दोषी ठहर भएका ३० जना फरार अपराधीलाई पक्राउ गरेको छ ।
गत मङ्सिर १० गतेदेखि अहिलेसम्म उनीहरूलाई फरकफरक स्थान तथा मितिमा कर्तव्यज्यान, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगी र लागुऔषधलगायतका विभिन्न मुद्दाका फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको हो ।

फरार अपराधीबाट दुई महिनाको अवधिमा कुल १४ वर्ष ११ महिना २६ दिन कैद भुक्तान असुल गरिएको र उनीहरूसँग सोही अवधिमा कुल रु १० करोड ३० लाख ६७ हजार ११५ जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा अझै फरार अपराधीको सङ्ख्या ६१० रहेको उल्लेख गर्दै पक्राउ गर्न गाउँगाउँमा समेत प्रहरी परिचालन गरिएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ