कविता- आस्थाको चौतारा

कविता- आस्थाको चौतारा

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

मेरा बाजेको पालामा मेरा बुढा बराजुले
रोपेका हुन् चौबाटोमा पिपल
निकै दुक्ख गरेर
चिनेका हुन्
आस्थाको यो सुन्दर चौतारा ।

मेरा बराजुले रोपेका थिए रे
त्यसै ताका मेरा बाजेका आशा
बाजेले पन्छाएर औलो
हुर्काएका थिए रे मेरा बुबालाई
बुबाले सँगालेर लाखौँ सपना
जन्माएका थिए रे मलाई
मसँगै जन्मिएका थिए रे
मेरा बुढा बराजुका आदिम सङ्कल्पहरू ।

पिपल रोप्दा भनेका थिए रे
बाजेलाई बुढा बराजुले–
“काइला, हरेक पुस्तामा
कहिल्यै छोड्न नदिनू
यो आस्थाको सुन्दर चौतारा
सुक्न नदिनू
यो रुख
मर्न नदिनू
मेरा चिर सपनाहरू ।”

यति बेला म उभिएको छु
त्यही बुढा बराजुले रोपेको पिपलसामु
उभिएको छु युगीन सङ्कल्प लिएर
त्यही आस्थाको सुन्दर चौतारा नजिक
मेरा बाजेका पुरा नभएका आशा
मेरा बुबाका राता सपना
मसँगै उभिएका छन् ।

मलाई मेरै पुस्तामा
कोर्नु छ
आस्थाको सुन्दर चौताराको नयाँ नक्सा
दिनु छ
यसलाई नयाँ आयाम
यसकै छहारीमा
ल्याउनु छ
बाटा बिराएकाहरू
यो झाङ्गिएको पिपलको रुखलाई
चिटिक्क सजाई
उस्तै सशक्त बनाउँदै
पुरा गर्नु छ
बुढा बराजुुले देखेका सपनाहरू ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी