काठमाण्डौ १५ चैत्र । अहिले मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रचण्ड नेतृत्वको एकीकृत माओवादीसग‘ मिल्ने नमिल्ने विषयमा गंभीर बहस जारी छ ।
अध्यक्ष बैद्य र नेता राम बहादुर थापा बादलले प्रस्तुत गरेको दस्तावेजको पक्ष विपक्षमा बहस चलिरहे पनि नेताहरुले आ–आफ्नो धारणा राख्ने १५ मिनेटको समयमा अनेकौ कुराहरु गरिरहेका छन् ।
यसै मेसोमा सोमबार केही फरक दृष्यहरु देखा पर्यो ।
बैठकमा बोल्दै पम्फा भुषाल, कुल प्रसाद केसी , हितमान शाक्य, पथिक लगायतकाले कार्यदिशाको बहस जे सुकै भए पनि प्रचण्डसग‘ एकता गर्नु पर्नेमा जोड दिएका छन् ।
सोनामले बैठकमा भने “ यहॉ बसेर न क्रान्ति हुन्छ , न संसदीय राजनीतिमा केही हुन्छ , भविष्य समाप्त हुन्छ त्यसैले हामी एकतामा जानै पर्छ ” ।
त्यस पछि हितमान शाक्यले पनि बैठकमा कार्यदिशाको बहस गर्नुको पनि अर्थ नभएको भन्दै उतै ( एकीकृत माओवादीमा ) गएर बहस गर्दै मिलाउदै जानु पर्ने बताए ।
त्यसै गरी जाजरकोटका माया प्रसाद शर्माले आशु बगाए । उनले भने “ म त परिवारबाट दुई दुई जनाले रगत बगाएको शहीद परिवार , हामी अहिले तीन भाई पार्टीमा छौं , तर अब एकता गर्न नदिने हो भने त हाम्रो आशुले सराप्छ ” ।
त्यस पछि दिनेश शर्मा, दिलीप कुमार प्रजापति र पवनमान श्रेष्ठले देव गुरुङको विरोध गर्दै पार्टीको पैसाले छोरा डाक्टर पढाउने र अहिले मन्त्री बन्न खुट्टा तान्ने भन्दै कडा रुपमा प्रस्तुत भएर बैद्यको प्रस्तावको पक्षमा उभिए ।
यस्तो कुरा सुने पछि देव गुरुङकी श्रीमति तथा पार्टी केन्द्रीय सदस्य यशोदा सुवेदीले “ लिखाको बोसो झिक्न किन खोज्या हो ? भन्ने प्रतिउत्तर दिईन् ।
यसै गरी पथिक सुवेदीले बैद्य छदम शसोधनबादी भएको टिप्पणी गरे । उनले प्रचण्डसग‘ पार्टी एकताका लागि भएको भद्र सहमति लागु नगरेको भन्दै छदम ससोधनवादी भने पछि बैद्य गंभीर बनेका थिए ।
बैठकमा बोल्ने अर्का केन्द्रीय सदस्य पूर्ण घर्तीले भने बैद्यले परी थापाहरुको आडमा पार्टी एकता गर्न नमानेको भन्दै बरु परी थापाहरुलाई नै पार्टीबाट फर्काउनु पर्ने सम्मको कुरा राखे पछि परी थापा सहितका नेताहरु मुखामुख गरेका थिए ।
तर सिताराम तामाङ, रामसिंह श्रीष सहितका परी थापा नेतृत्वको पार्टीबाट आएका नेताहरुले शालिनतापूर्वक धारणा राखेको एक नेताले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
बंगुर र कुखुरा फर्म चलाईरहेका केन्द्रीय सदस्य मौसम लिम्बुले त झन अब जनवादी क्रान्तिको कार्यक्रम नै फ्याक्नु पर्ने भनेर तर्क गरेको भन्दै एक केन्द्रीय सदस्यले उनको चरित्र कम्युनिष्टपनको नदेखिएको टिप्पणी गरे ।
खास गरी प्रचण्डसग‘ पार्टी प्रवेशका लागि सानो सानो समुहमा धाए पनि प्रचण्डले किरणहरु सहित सिंगो पार्टी मिलाउने भन्दै केही नेता कार्यकर्ता नलिने भन्दै फिर्ता गरे पछि ती नेताहरु एकताका लागि औपचारीक प्रकृयामा जान निर्णय हुनु पर्ने भन्दै बैद्यको विरोमा उत्रिएका छन् ।
यस्ता समस्त टिप्पणी आए पछि बैद्य किनै धर्म संकटमा परेका छन् । उनी सैद्धान्तिक धरातलका आधारमा मात्रै एकता गर्नु पर्ने पक्षमा रहेका छन् ।