गणेश अग्रवाल मिस्टर अग्रवाल २०१६’

गणेश अग्रवाल मिस्टर अग्रवाल २०१६’

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 29.5K
    SHARES

काठमाडौ चैत्र १५ । ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि किर्तिपुर निवासी २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै उनले उपाधि भुमेका हुन् ।
‘एउटा राजकुमारमा हुनु पर्ने गुण तपाईमा के छ ? निर्णायकले अन्तिम राउण्डमा अग्रवाललाई प्रश्न राखेका थिए । यही प्रश्नको उत्कृष्ट जवाफ दिँदै अग्रवाल उपाधि विजेता बनेका हुन् । अग्रवाललाई गतबर्षका विजेता सन्दीप पोखरलले ताज पहिर्याए । बिजेता अग्रवालले नगद तिन लाख, दुई चलचित्रमा अभिनय अवसरका साथै मलेसिया भ्रमणको अवसर प्राप्त गरेका छन् । अग्रवालले २०१६ मा आयोजना हुने ‘मिष्टर वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
विजेता अग्रवालले उपाधिका साथमा नगद तिन लाख , दुई चलचित्र अभिनय अवसरका साथै विभिन्न उपहार प्राप्त गरे । विजेता घोषित अग्रवालले आफूलाई नेपाली चलचित्र क्षेत्र मनपर्ने भएकोले सफल अभिनेता बन्ने आफ्नो लक्ष्य रहेको सुनाए ।
त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार अबेर साँझ सम्पन्न प्रतियोगितामा दिप्सन भट्टराई र शंशाक पोखरेल क्रमश फष्ट रनर अप र सेकेण्ड रनर अप घोषित भए । दुवै बिजेताले उपाधिका साथमा विभिन्न उपहार समेत प्राप्त गरे ।
युवाहरुको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउने उद्देश्यले आयोजक एक्सपोज नेपालले सहभागी युवाहरुलाई व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारेको थियो ।

१६ बर्षदेखि ३५ बर्ष ननाघेका उत्साही युवाको प्रतियोगीतामा सहभागीता रहेको थियो । आधा दर्जन उप–शीर्षकमा विजेता घोषित गरिएको प्रतियोगितामा मौसम कार्की बेष्ट क्याटवाक, मुकेश ज्यापु मिष्टर फिजिक्स, बिकाश रावल मिष्टर ट्यालेन्ट, उज्वल श्रेष्ठ मिष्टर चार्मिङ , उमेश केसी मिष्टर फ्रेन्डी, कृष्ण तम्राकार मिष्टर डिसिप्लेन , दिलिप लामा भियुर च्वाइस अवार्ड ,सन्बास नेपाल मल्टीमिडिया, प्रितु पन्त मिष्टर स्टाइलिस घोषित भए ।
अभिनेता अर्जुन कार्की , समाजसेवी मोहन बस्नेत, प्यासनको उप¬–सभापती दिपाक रिमाल , बिजनेश ब्यान अरनिको सिंह, वकिल करिष्मा कुमार बस्नेत, समाजसेवी भिष्म पाण्डे, मोडल दिपक घिमिरे, २०१४ को मिष्टर नेपाल सुरज चिल्वाल लगायत निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी प्रसान्त ताम्राकारले गरेका थिए । मिष्टर नेपाल आफूले दशक अगाडीदेखि नियमित आयोजना गर्दै आएको जानकारी दिँदै आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले आगामी वर्ष पनि यसलाई झन् आकर्षक तवरले निरन्तरता दिने बताए ।
गीत, नृत्य र हाँस्यको बेजोड प्रस्तुतिका बिच सम्पन्न प्रतियोगीतामा कानुन मन्त्री अग्नी खरेल, अभिनेता धिरेन शाक्य ,सरोज खनाल, अभिनेत्री रेखा थापा, अभिनेता आर्यन सिग्देल, जिवन लुईटेल, मिष्टर नेपाल २०११को डा. आयुष्मान घिमिरे ,निर्माता मधुकुमार श्रेष्ठलगायत अतिथि रहेका थिए ।
अभिनेत्री रेखा थापाको चलचित्र ‘रामप्यारी’ समेत प्रमोसन गरिएको कार्यक्रममा धिरज राई, मिग्मा श्रेष्ठ, महामदेव त्रिपाठी,कमल खत्रीलगायतको सांगीतिक प्रस्तुति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी