बहत्तर साल बैशाख महिना वसन्त थियो रितु
बर्साद होला जस्तो थियो बिहानै देखि हुस्सु ।
बर्सादको सुरुवात हुने बेला भाथ्यो
वादलले आकासलाइ ढाक्दै ढाक्दै गाथ्यो ।
विदा थिए अफिस पनि बजार बन्द थिए
बिहानिको काम सकि सबै फुर्सदिला भए ।
बसिराथे कोहि घरमा कोहि बजार तिर
बसिराथेउ हामी पनि घर भित्रै हेर ।
बैशाख महिना बार गते बारै बज्न लाथ्यो
बिनासकारी भुकम्पले कम्पन दिन थाल्यो ।
बसि रहेको ठाउँ थियो तीन तला माथी
बाहिर निस्कौ कसो गरि बिपत परो साथी ।
बाहिर नजाउ त्यै घरले पुरिने भो डर
बाहिर निस्कौ अर्को घर्ले थिच्न सक्छ हेर।
बल्ल बल्ल कम्प्पन पछि बाहिर निस्केउ हामि
बजार भरी हाहाकार कता हो है जानि ।
बन पाखा पखेरामा धुलो उड्न थाल्यो ।
बस्ती सबै स्वाहा भयो हाहाकार मच्च्यो
बलिया बाङ्गा भाग्न थले खुला ठाउ तिर
बित्त्यास पर्यो भुकम्प्ले मान्दै थिए पिर ।
बुढापाका बालकहरु भाग्न नसकेर
बसिराथे घरै भित्रै रुदै धर धर ।
बल्ल थाहा भो भुकम्पको केन्द्र बिन्दु हेर
वारपाक गोरखाको बाक्ला थिए घर ।
बार सय घर धुरी सबै भए धोस्त
बयान गरि के सक्नु र सबै थिय त्रस्त्र ।
बालक देखि बृद्ध सम्म कति मरे कति
बचेका नि धेरै घाइते धेरै भयो क्षति ।
बागमती र गन्डकिका पुरै जिल्ला भर
बस्न योग्य घर छैनन कस्को के लाग्छ र ।
बस्तु भाउ बाख्रा पाठा कति परे कति
बिनास पार्यो भुकम्पले धनमाल पनि अति ।
बारपाक केन्द्र बिन्दु ७।८ रेक्टर मापन
बिकट जिल्ला सिन्धु काभ्रे अझ धेरै कम्पन ।
बढे बढे महल पनि पुरै गर्लम गुर्लुम हेर
बसन्तपुर दरबार पनि भयो चकनाचुर ।
बलियो होला भनेको त्यो धरहरा पनि
बचेन है नौ तलमा हो एक तला पनि ।
बसेका थे धेरै मान्छे धरहरामा त्यो दिन
बिनासकरि भुकम्पले पार्यो एउटै चिहान ।
बिनासको क्षति अझै आइ सकेको छैन
बयासी सय भन्दा बढी मान्छे मरि सक्या छन ।
बस्ती सबै उजाड भयो त्राही त्राही मन
बाचेकाको नि बिजोग छ रुन्छ भित्री मन।
बन्मा भएका बन्य जन्तु बन्मा नबसेर
बस्ती तिरै आउन थाले झनै भयो डर ।
बत्ति गयो फोन छैन सम्पर्क बिहिन
बेहाल भयो परिवार को भन्दै थिए जन ।
वार गतेको भुकम्पले बचेका ती घर
बल्जी बल्जी आको कम्पनले भए खन्डहर ।
बस्ने घर सबै ढले बास बस्ने कहाँ
बेलुका भो खाने के हो ठेगान छैन यहाँ ।
वधाइ हामिले दिनु पर्छ ती सहयोगी हात लाइ
बचेकाको उद्धार गर्ने आर्मी पुलिस भाइ लाइ ।
बस्ती बस्ती गाउँ गाउँ राहत पुराउनेलाइ
बिबेकशिल बनेका ती नेपाली मन हरुलाइ ।
बसाल्नु छ पुरै बस्ती भुकम्प रहित घर
बनाउनु पर्छ सरकारले आवास नीति अब ।
बयान गरि के सक्नु र नेपाल आमा रुन्छिन
बिपत्ती मा धैर्य गर्न अनुरोध गर्छिन ।
पाँचखाल २ काभ्रे ,बैशाख ३१ /२०७२