“शैक्षिक आन्दोलनमा भ्रमित जनवादी शिक्षा”

“शैक्षिक आन्दोलनमा भ्रमित जनवादी शिक्षा”

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

इतिहासका कालखण्डमा नयाँ–नयाँ विषयवस्तुको विजारोपण हुने गर्दछ । सत्ता, शक्ति र कुर्सीका लागी विद्यार्थीलाई नवीनतम शैली उपनाएर प्रयोग गर्ने कुरा घाम भैmँ छलङ्र्ग भएको छ । आम विद्यार्थी राजनीतिको उज्यालो संसारमा रम्दंछन् तर बिडम्बना राजनीतिको उच्च भुमिकामा देखा पर्दा अन्धकारपूर्ण संसारलाई पर्दाफास गर्न निकम्मा रहन्छन् ।

जनवादी शिक्षा यस्तै अन्धकारपूर्ण संसारको दिग्भ्रमित सपना थियो । सम्पूर्ण विद्यार्थीको मानसपटललाई निस्तेज पारिदिने यस्ता अलौकिक नाराले कामपन्थी विद्यार्थी आन्दोलन शिथिल, कमजोर र निरिह बसनेको तीतो अर्थाथ सबै माँझ स्पष्ट भइसकेको छ । आशै आशाको भारी बोकाएर सिन्को भाँच्न नसक्ने चरित्रले गर्दा वामपन्थी राजनिित प्रतिको विकर्षण बढ्दो छ । आपूmालई कम्यूनिष्टमा नयाँ दावी गर्नेहरुका विद्यार्थी संगठन पनि ललीपपबाट नै पिडित भए ।

बच्चा बच्चाी रोइकराइ गर्दा ललीपप देखाएर शानत पारे जस्तै जनवादी शिक्षाको ललीपपले सबैको मानसपटललाई दिग्भ्रमित पारिदियो । वैज्ञानिक, व्यवहारिक र सर्वसुभ शिक्षाका लागि विद्यार्थी आन्दोलन भन्दै आमूल परिवर्तनको सपना देखाएको पार्टी पनि निर्वाचनकै विधिबाट सत्ताको नेतृत्व गरि सक्दा पनि शैक्षिक परिवर्तनका निम्ति, विधि–पद्वति र विकाशमा कुनै उलेखनिय काम गर्न सकेन ।

त्यसैले प्रश्नहरु तेर्सिएका छन् ।ओशोले भन्नु भएको छ, “यदि पहिलो कदम नै गलत भयो भने अन्तिम कदम कहिले पनि सहि हुने वाला छैन” जवाफ सहितको प्रतिज्ञाको समय आएको छ, कि हिजो बुर्जुवा शिक्षाको औचित्य छैन भन्दा गलत थियौं, कि आज गलत छौ, यी दुईमा स्पष्ट हुन जरुरी छ । के जनवादी शिक्षा दिवा स्वपन नै थियो ? कि शैक्षिक विकाशमा दृढ संकल्पका साथ लाग्ने नेतृत्वको खडेरी थियो, प्रश्नहरु जालो भैm उब्जीएका छन् ।

हिजो उठाएका शैक्षिक एजेण्डालाई किन सम्बोन सम्म गर्न सक्दैनन ? के यो सस्तो लोकप्रियताका लागि पार्टीको रणनैतिक चाल अन्तर्गत विद्यार्थी संगठनको यात्रा थियो त ? यसले विद्यार्थी आन्दोलनमा आशंका र रहस्य उदघाटन गरेको छ । अब कसका लागि आन्दोलन ? के का लागी आन्दोलन अनि किन आन्दोलन ? प्रश्नहरु सँगै जवाफ माग्ने बेला आएको छ ।

कोही कसैको जीवनभर भरिया हुन सक्दैन र सबैलाई मालिक बनाउँछ भनेर सपना देख्नु पनि मुर्खता नै हो । शैक्षिक सम्वृद्धिका आधारहरु पहिल्याउन नसक्नु नै सबै भन्दा ठूलो कमजोरी 

थियो ।
शैक्षिक विकास नै विद्यार्थी आन्दोनको उद्देश्य हुने गर्दछ, हजारौं विद्यार्थीको कुर्वानी, त्याग र तपस्या शैक्षिक गुणस्तर विकास र प्रणालीको स्थापनाका लागी हो । विद्यार्थी संगठन निती विमुख हुन्छ किन ? जनवादी शिक्षाको ऐजण्डा बोकेका संगठनका मातृ पार्टीका नेताहरु निजी विद्यालय र कलेज पुगेर “हामीले भन्ने गरेको जनवादी शिक्षा यही हो भनेर मन्तव्य राख्दा सायद राजनीतिमा लाज, मूल्य, मान्यता र नैतिकता हुँदैन भन्ने सोच्नु पर्दे रहेछ ।

त्यसैले भनिदोरहेछ राजनीतिमा स्थायी शत्रु र मित्र कोही हुँदैन । हिजो निजी शैक्षिक क्षेत्रको विरोध गर्ने महामहिमका बालबच्चा आज सबै भन्दा महङ्गा विद्यालयमा पढीरहेका छन्, उनीहरुलाई अवसर मिलेको छ र आपैंmले भन्ने गरेका माफियासँग भित्री साझेदारी र एकता भइरहेको छ ।

राजनैतिक इच्छा शक्ति कमजोर भएकाहरुबाट शैक्षिक परिवर्तन प्रायः असम्भव नै थियो । दिवास्वपनका नजिरहरुबाट बिनाफगत समय बर्वाद गर्नु भन्दा शैक्षिक प्रणालीको अध्ययन गर्दै यसको विकास तिर ध्यान दिन सके, राजनैतिक वितृष्णा अन्त्य हुँदै जानेछ ।

कुनै कुरा असम्भव छैन यसै सन्दर्भमा सरश्रीले भन्नु भएको छ “विकास गर्ने व्यक्तिको शब्दकोषमा असम्भव भन्ने शब्द हुँदैन, असम्भव शब्दको वदला चुनौति वा निरन्तर कोशिस लेखिएको हुन्छ ।”
सन् १९८३ देखि शैक्षिक पद्धतिमा व्यापक परिवर्तन गरेको अमेरिकाको २ दशकको ऐतिहासिक सफलतालाई आत्मसाथ गर्दै शिक्षालाई प्रविधि, अनुसन्धान, स्थानीय उत्पादन, स्थानीय स्रोत र साधनसँग सम्बन्धित शैक्षिक पाठ्यक्रमको विकास गर्न सके राष्ट्रले स्वतः परवर्तनको महशुस गर्न सक्दछ । शैक्षिक सुधारले राष्ट्रको अर्थतन्त्रलाई कायापलट गरिदिन्छ भन्ने कुरा अमेरिकाको २ दशकको शैक्षिक मापनबाट स्पष्ट बुभ्mन सकिन्छ ।

शिथिल राजनैतिक इच्छा शक्ति र भ्रष्ट एवं पुरातन चिन्तन बाकेका मगजका कारण शैक्षिक जगतमा परिवर्तनको अनुमुति दिलाउन कथित परवर्तनकारी असफल रहे । जनवादी शिक्षाका बारेमा घण्टौं सम्म बोल्न तम्सिनेहरु, जनवादी शैक्षिक प्रणालीको खाका नेपाली विद्यार्थी माँझ लैजान किन निकम्मा छन् ? प्रश्न यहाँ हो ।
कृषि, पर्यटन र जलस्रोतमा आधारित शैक्षिक पाठ्यक्रमको विकास गर्न विद्यार्थी संगठनको पहलकदमी किन हुन सक्दैन ? आन्तरिक उत्पादन, शसक्तिकरण र सबलीकरणमा हाम्रो ध्यान किन केन्द्रित हुन सक्दैन ? हामी राजनैतिक रुपमा पराजित मानसिकताबाट पिडित छौं, त्यसैले विषय वस्तुको उठान गर्दै निरुपण गर्न हामी असक्षम छौँ भनेर प्रस्टयाउन किन नसक्ने ? परिवर्तनका लागि समय लाग्दैन तर राजनैतिक नेतृत्वको दृढसंकल्प, इच्छाशक्ति र महत्वकांक्षाको अपरिहार्यता रहन्छ भन्ने कुरा विकसित राष्ट्रको गौरवशाली इतिहासबाट प्रष्ट हुन सक्छौ ।

अगस्त, १९६५ मा सार्वभौम राष्ट्र बनेको सिङ्गापुरको विकासको तिब्रतालाई आत्मसाथ गर्ने या नगर्ने ? शैक्षिक विकाश विना राष्ट्र विकास असम्भव रहेका कारण निर्यात केन्द्रित उत्पादनका लागि शैक्षिक पद्धति र विधिको स्थापना ग¥यो, जसले श्रमिक शक्तिको साक्षरतामा विकास, शीप र कलाको विकासमा जोड दियो । शिक्षा वर आर्थिक विकाश बीचको अन्तर सम्बन्ध बुभ्mदै प्राथमिक जोडको विषयवस्तु बनायो । शिक्षाको भुमिका सामाजिकिरण र राष्ट्र निर्माणमा केन्द्रित भयो, त्यो नै राष्ट्रिय पहिचानको आधार थियो ।

शैक्षिक संरचनाहरु क्रियाशिल, सुसङगतपूर्ण, पारदर्शी र स्पष्ट बनाउँदै गतिशील बनाउन सक्नुपर्दथ्यो । नेपाली शैक्षिक प्रणालीमा कमजोरीहरु छन्, जीवनको उर्वर उमेर पढाइमै खर्चेर रिटायर हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्दछ । न परिक्षा समयमा हुन्छ न नतिजा समयमा आउँछ यस्तो वेथितिका विरुद्ध आवाज खोइ ? हामी कति पछि छौं, हामीलाई अनुमुत हुन्छ जब विकसित राष्ट्र सँग हामीले तुलना गर्दछौं ।

दक्षिण कोरियाको शैक्षिक प्रणाली अनुसार बढीमा २७ वर्षमा एक जना विद्यार्थीले विद्यावारिधि गर्न सफल हुन्छ, २४ वर्षमा स्नाकोत्तर र एम.वि.वि.एस, २२ वर्षमा स्नातक, २१ वर्षमा नर्सिङ्ग, सीप शिक्षण तालिम, २० वर्षमा प्रि. मेडिकल, प्रि डेण्टल आदि तर हाम्रो शैक्षिक प्रणालीले उमेरलाई बुभ्mन सकेन र यसमा वैज्ञानिक शैक्षिक पद्धति स्थापना गर्ने भनेर लागेकाहरुको उपलब्धी खोई ? राजनैतिक अभिष्ट पुरा गर्नका लागि शैक्षिक ऐजण्डा उठाउने एउटा युगको अन्त्य भएको छ । शैक्षिक विकास र सम्वृद्धिका लागि उवको विद्यार्थी आन्दोलन केन्द्रित हुन जरुरी छ । शिक्षामा भएको चरम व्यापार र शैक्षिक माफियाका विरुद्ध आवज बुलंद गर्न सक्ने शैक्षिक नेतृत्व आजको आवश्यकता हो ।

भुल र गल्ती हुनु ठूलो कुरा होइन तर इतिहास दोह¥याउन आम विद्यार्थी माथि अन्याय हुनेछ । विधि, प्रणाली स्थापना तर्पm विद्यार्थी संगठनको ध्यान केन्द्रित हुन जरुरी छ ।

शिव खेराले भन्नु भएको छ “विजेताहरुले कुनै नयाँ काम गर्दैनन तर कामलाई नयाँ ढङ्गबाट सम्पादन गर्दछन” साँच्चै विद्यार्थी संगठन इतिहासको गम्भिर मोडमा उभिएको छ, त्यसैले २१ औं शताब्दीमा विकाशको गति पछ्याउने सार्मथ्य राख्दै वैज्ञानिक खाका र प्रणाली विकास गर्दै नेपाली विद्यार्थी माझ प्रस्तुत हुन सकोस् यही शुभ–कामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी