नबोली संसदीय दलको नेता पड्काउने देउवाको दाउ !

नबोली संसदीय दलको नेता पड्काउने देउवाको दाउ !

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काकठमाण्डौ, १४ चैत्र । उसै पनि देउवा सार्वजनिक रुपले कम अभिव्यक्ति दिन्छन् । गिरीजा प्रसाद कोईराला विरुद्ध निकै लडेका उनी भित्र भित्रै गेम प्लान तयार पार्न माहिर मानिन्छन् ।
उनको कुसल गेम प्लानकै उपज लामो प्रयास पछि उनले काग्रेस सभापतिको जिम्मा पाए महाधिवेशनबाट ।
महाधिवेशन जीते पनि अब संसदीय दलको नेता को हुने भनेर फेरी काग्रेसमा गुटबन्दी शुरु भएको छ ।
संसदीय दलको नेता रामचन्द्र पौडेललाई बनाउन एक समुह लागे पनि भित्र भित्रै देउवाले दलको नेता पनि आफै खाने दाउ गरीरहेको स्रोतले दावी गरेको छ ।
काग्रेसका एक नेताले नाम उल्लेख नगर्ने शर्तमा देउवा निवासमा दलको नेता तपाई नै हुनु पर्छ भन्दै नेता कार्यकर्ताहरु राति सम्म पनि बसेर उकास्ने गरेका छन् ।
कतिपय त देउवाको निवासमै मदिरा समेत खाएर बस्ने गरेको ती नेताको दावी छ ।
देउवा किन चाहन्छन् दलको नेता ?
आफ्ना समर्थक र सहयोगीको सुझावका आधारमा मात्रै नभएर भावी राजनीतिको मियो हातमा आउने संभावना भएका कारण पनि देउवा संसदीय दलको नेता नछाड्ने मनशायमा रहेको देखिन्छ ।
अब एमाले नेतृत्वको सरकार ढल्नासाथ सरकारको नेतृत्व काग्रेसको हातमा आउन सक्ने भएकाले देउवा प्रधानमन्त्री फेरी बन्नका लागि पनि दलको नेता अरुलाई दिन नहुने निष्कर्षमा रहेको ती नेताको दावी छ ।
अर्को तिर पौडेललाई संसदीय दलको नेता नवनाउनकै लागि बरिष्ठ नेतामा मनोनयन गरेर देउवाले शुरुमै चलाखी गरेको उनको बुझाई छ ।
यस्तोमा आगामी चैत्र २४ गते काग्रेसमा ससंदीय दलको चुनावै भए पनि देउवाले बाजी मारेर पार्टी सत्ता हातमा लिने काग्रेस भित्र निकै चर्चाको विषय बनेको छ ।
यसले फेरी पनि उम्मेद्धार बने नेता रामचन्द्र पौडेलेको राजनीतिक जीवनमै असुफलताको भारी नै भारी हुने बुझाई काग्रेस भित्रैकामा बन्न थालेको छ ।

त्यसैले कुनै परिस्थितिमा नाटकीय बदलाव नआए देउवाले ससदीय दलको नेता अरुको पोल्टामा नदिने र आफै हुने योजना तय भईसकेको ती नेताको तर्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी