अक्षरांक पद्धति विषयमा भ्रममा नपर्न परिक्षा नियन्त्रकद्वारा आग्रह

अक्षरांक पद्धति विषयमा भ्रममा नपर्न परिक्षा नियन्त्रकद्वारा आग्रह

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भक्तपुर, १४ चैत ।

परिक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले यस वर्षदेखि प्रवेशिका परिक्षामा लागू हुने लेटर गे्रडिङ प्रणाली अर्थात अक्षारांक पद्धतिबारेमा भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

रफत सञ्चार क्लवमा आइतबार भएको साक्षात्कार कार्यक्रममा बोल्दै यो वर्षबाट पहिलो पटक सूरु हुन लागेको गेडिङ पद्धतिका विषयमा धेरै भ्रम सिर्जना भएको बताउँदै नियन्त्रक काप्रीले त्यस्तो भ्रममा नपरी ढुक्क भएर परिक्षाको तयारी गर्न र परिक्षा दिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभएको हो ।

गे्रडिङ पद्धतिले विद्यार्थीको कार्यक्षमतामा समेत प्रभावकारीता ल्याउने भएका कारण विद्यार्थीको कार्यमूल्यांकनका लागि यो पद्धति नेपालको शिक्षा प्रणालीमा उपयुक्त भएको उहाँले बताउनुभयो । प्रशिक्षार्थीले तराई आन्दोलन र भूकम्पले प्रभाव पारेता पनि प्राध्यापक तथा शिक्षकहरुले अन्य समयमा पनि अध्यापन गराएर त्यसलाई पूर्ति गरेकाले गुणास्तरमा कुनै समस्या नभएको उहाँले बताउनुभयो । विभिन्न संचारमाध्यमबाट थप पाठपत्र जारी गरेको बताउँदै उहाँले विभिन्न सहयोगी पुस्तिकामार्फत अध्यापन गराइएकाले पढाइको स्तरलाई असर नगरेको दावी गर्नुभयो ।

यो वर्षको परिक्षामा ६ लाख ५ सय ८३ जना परिक्षार्थी रहेको बताउँदै उहाँले देशभर १ हजार ९ सय ४३ परिक्षा केन्द्र कायम गरिएको र ७२ हजार ८ सय ९६ कर्मचारी तथा प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो ।

परिक्षामा सबैभन्दा बढी काठमाडौमा ९५ परिक्षाकेन्द्रमा ३६ हजार ८ सय ८६ परिक्षार्थीे र सबैभन्दा कम मनाङमा एक मात्र परिक्षाकेन्द्रमा ६९ जना परिक्षार्थी रहेको उहाँले बताउनुभयो ।

सूचनाको हकअन्र्तगत पूनः परिक्षणका लागि विद्यार्थीहरुलाई सहज बातावरणसमेत यो वर्षदेखि तयार पारिएको उहाँले बताउनुभयो । उहाँले परिक्षाको आचारसंहिताविपरीत गएर कार्य गर्ने जोकोहीलाई कडाभन्दा कडा कारवाही गरिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी