बहसमा बाली तथा पशुपंक्षी वीमा : लागतमा नभएर उत्पादनमा केन्द्रित हुनुपर्ने निष्कर्ष

बहसमा बाली तथा पशुपंक्षी वीमा : लागतमा नभएर उत्पादनमा केन्द्रित हुनुपर्ने निष्कर्ष

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ ,१२ चैत ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले पशुपंक्षी तथा बाली वीमा लागतमा नभएर उत्पादनमा केन्दित हुनुपर्ने बताउनु भएको छ ।
एग्रो टाइम्स मिडिया नेटवर्कले आज मिडिया इन्टरनेशनलको आयोजना गरेको नेपालमा पशुपंक्षी तथा बाली वीमाको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले लागतको विमाबाट कृषकको क्षतिको असुल नहुने भएकाले कृषकहरु बीमातर्फ आकर्षित हुन नसकेको बताउनु भयो ।
साथै, उत्पादनमा वीमा गर्नका लागि सरकारी नीति तर्जुमा गरिने प्रतिवद्धता समेत उहाले व्यक्त गर्नुभयो । कृषकहरुमा वीमासम्बन्धि जानकारीको अभाव रहेको भन्दै उहाले सबैसमक्ष वीमाको पहुँच पु¥याउनका लागि वीमा समितीसँग सरकारले समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो ।

सरकारले ग्रामीण तहसम्म वीमा समितीहरु पुग्नैपर्ने नीति बनाउन सके मात्र वीमाको पहुँच विस्तार हुने उहाको भनाइ थियो । कतिपय अवस्थामा यथार्थ लुकाएर एउटै वस्तुको दोहोरो वीमा दावी गर्ने प्रवृत्ति समेत नेपालीहरुमा रहेको बताउँदै उनले भने, एउटा घर भत्किँदा दुईवटा व्यक्तिको नामबाट छुट्टाछुट्टै वीमा दावी गर्ने गरेको पाइएको छ, यो गलत प्रवृत्ति हो ।

अबको बजेटमा कृषि वीमासम्बन्धि प्रचारप्रसारमा ठूलो रकम छुट्याउनुपर्ने विषयमा मन्त्रालयमा छलफल भइरहेको जानकारी उहाले दिनुभयो ।

कार्यक्रममा बोल्दै कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि प्रचार अधिकृत शिव सुन्दर घिमिरेले कृषि वीमाको लागि सरकारले विभिन्न पहलहरु गरेको भएतापनि प्रभावकारी हुन नसकेको बताउनु भयो ।
उहाका अनुसार, ०६९ माघ १ गतेबाट मात्रै सुरु भएको पशुपंक्षी तथा बाली वीमाको सुरुवातमा ५० प्रतिशत वीमा शूल्क सरकारले बेहोर्ने गरेकोमा हाल ७५ प्रतिशत बेहोर्ने गरेको छ । सुरुवातको चरणमा तोकिएका विभिन्न सीमाहरु हटाइएको छ भने भ्याट समेत हटाइएको छ । यद्यपि, अन्य क्षेत्रको वीमामा भने अझै पनि भ्याट लाग्ने गरेको छ ।

त्यस्तै, कृषि वीमा सम्बन्धि चेतना जगाउनको लागि कृषि मन्त्रालयले प्राविधिक तालिमसहित अभिकर्ताहरु खटाउने गरेको घिमिरेले बताए । यसले कृषि क्षेत्रलाई नेपाल सरकारले प्राथमीकतामा राखेको कुरा स्पष्ट पार्ने उहाको भनाइ थियो ।
त्यस्तै, बिमा समितीका अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले पशुपंक्षी तथा बाली विमाका लागि विभिन्न नीतिहरु ल्याइएको जानकारी दिनुभयो ।
वीमा समितीले कृषकहरुको आवश्यकता तथा मागलाई ध्यानमा राख्दै कृषि मन्त्रालयका विज्ञहरुको सहयोगमा विभिन्न कृषि बाली तथा पशुपंक्षीको छुट्टाछुट्टै वीमाका लागि वीमालेख तयार गरेर बीमा कम्पनिहरुलाई उपलब्ध गराएको केसीले बताउनु भयो ।

अन्य आवश्यक वीमालेख निर्जिवन वीमा कम्पनिहरुले तयार पार्नुपर्नेमा उहाले जोड दिनुभयो । नेपालमा १७ वटा निर्जिवन वीमा कम्पनिहरु रहेका छन् । कृषि वीमासम्बन्धि सचेतना जगाउनका लागि पनि विभिन्न सञ्चार माध्यमहरुबाट सूचनाहरु प्रकाशन तथा प्रशारण गर्ने गरिएको तथा ठाउँठाउँमा अन्तरक्रिया समेत गर्ने गरिएको उहाले बताए ।
कार्यक्रममा विभिन्न विमा समितीका प्रतिनिधीहरु तथा व्यवसायिक कृषकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । एग्रो टाइम्स मिडिया नेटवर्कका प्रवन्ध निर्देशक अशिम सापकोटाले आगामी दिनमा समेत कृषकहरुलाई फाइदा हुने खालका कार्यक्रम गर्दै जाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी