उदयपुरको रिस्कू गाबिस ३ डोनेबस्ती स्थितको श्री जनप्रेमी माद्यामिक बिधालयको प्राङगणमा निर्मित सरस्वती मन्दिरमा राखिएको शिलालेखमा मृतक ज्ञानेन्द« प्रसाद ढुंगानाको झूटो इतिहासको बयान लेखिएको छ ।
स्वर्गिय ज्ञानेन्द«प्रसाद ढुंगानाको स्मृतिमा २०६५ सालमा निर्मित सरस्वती मन्दिर निर्माणकर्ता उनकी श्रीमति खेमकुमारी र छोरी मन्दिरा ढुंगानाको सहयोगार्थमा निर्माण गरिएको हो । स्व. ढुंगानाको चीर परिचयको गौरव गाथाको अभिलेख लेखिएको शिलालेखमा मन्दिर निर्माणकर्ताले नगरेका योगदानका मनोगणन्ते शब्द शिलपत्रमा लेखिएको स्थानीयबासीहरुको आरोप रहेको छ ।
स्व.ढुगाना बिद्यालयको संस्थापक नभएर तात्कालिन समयको रिस्कूबासी समेत नरहेका भन्ने कुराको खुलासा भएको छ । रिस्कू एक औलो प्रभाबित क्षेत्र हो । स्वर्गीय ढुंगानाको घरपरिवार उदयपुरको लेक लाग्ने गाबिस इनामेबाट २०२८ सालमा बसाई सराइँ रिस्कूमा आएका हुन् । अशिक्षित डोने दनुवार जातिको लागि शिक्षामा बिकास हुने मूल उदेश्यले तात्कालिनसमय २०१९ सालमा श्री ५ सरकारको लगानीमा बिद्यालय निर्माण भएको थियो । कृषिर र खोलानदीमा जीवनयापन गर्दै मानब अल्पबिकसित तथा शिक्षाको चेतनामा दुरदराज स्थानीय जाति दनुवार डोने आदिबासी जनजाति समुदायका छोराछोरीलाई शिक्षा दिने उदेश्यले तात्कालिन सरकारको लगानीमा क्षेत्रिय शिक्षा निर्देशनालय धनकुटाबाट अनुमतिलिई भाषा पाठशाला खोलिएको थियो । डोने दनुवार समुदायकाअग्रज तथा समाजसेवी प्रधान पञ्च जगतबहादुर मन्दने दनुवार डोनेको कार्यकालमा रिस्कूको कालीखोला डोने बस्ती सिमलटारमा बिद्यालय स्थापना भएको थियो । त्यसैगरी डोनेभू.पु प्रधानपंचहरु बलबहादुर राँँम्पुरे दनुवार डोने, चन्दबहादुर बोकल्टारे दनुवार डोने,गुमस्ता डाँडागाउँले दनुवार डोने,पदमबहादुर बोकल्टारे दनुवार डोनेहरुका सक्रियतामा भाषा (काईते)पाठशालाको आधारमा स्थापना भएको थियो । सो बिद्यालयका लागि दनुवार डोने,माझीहरुको घरघरबाट आर्थिक सहयोग मागी बिद्यालयको टहरा निर्माण गरेको थिए । त्यसैगरि द्धय प्रधानपञ्च हर्कबीर माझी र हरि आले मगर समेतको बिद्यालय स्थापनामा ठूलो योगदान रहेको थियो ।
बिद्यालय निर्माण गर्न स्थानीय समाजसेवी सार्कीराम डाँडागाउले दनुवार डोनेले जग्गा दान गरेका थिए । औलो लाग्ने भएको हुदा रिस्कूमा आदिम कालदेखिको मूलबासी डोने दनुवार र माझी मात्रको सघन बस्ती रहेको छ । बिद्यालयको समय सापेक्षित सुधार र भवनमा उल्लेख्य रुपमा बिकास हुदै प्राबि, निमाबि र शैक्षिक स्तर उन्नत हुदै २०३७ सालमा सो बिद्यालयले माद्यामिक बिद्यायको रुप लिएको थियो ।२७ बर्षको लामो माबि संचालन पछि २०६४ सालमा स्थानीय बुद्धिजीबी,समाजसेवी राजननीतिकदलको प्रतिनिधी, पत्रकार ,शिक्षिक र रिस्कू गाबिसमा अबस्थीत सामुदायीक बन उपभोक्ता समुहरुबाट न्युनतम २५ हजारदेखि अधिकतम १लाख रुपैया चन्दा संकलन गरि र रिस्कु गाउँ परिषदले बजेट बिनियोन गरि २०६४ सालमा उच्च शिक्षा परिषदमा दर्ता गरि प्लस टु संचालनमा ल्याएको थियो । तात्कालिन समयमा पुनर्जीबित संसदको सांसद स्थानीयबासी जगन्नथ खतिवडाको संसदीय बिकास कोषको बीस हजार रुयैया समेत आर्थिक सहयोग रहेको थियो ।
स्वर्गिय ढुंगानाको प्राबि स्थापन र उच्च माबि संचालनमा ल्याउदासम्म उनीको घरपरिवारजन सदस्यहरुबाट बिधालयलाई आर्थिक सहयोग गरेको लेखाजोखा छैन । तर, बिद्यालयको प्राङगणमा ज्ञानेन्द्र ढुगानाको मृत्यु पश्चात उनको स्मृतिमा निर्मित सरस्वतीको मन्दिरमा राखिएको शिलालेखमा यस बिद्यालयको संस्थापक भनि उल्लेखगरिएको शिलापत्रमा स्थानीयबासी डोने दनुवारको बिरोध पछि ह्वाईट सिमेन्टले लेखिएको “निर्मित बिद्यायल” भन्ने शब्द टाँलिएको छ ।
मन्दिरको बाहिरी भागमाको शब्दले मन्दिरलाई मात्र निर्माण गरेको सन्देश झल्कने शब्द लेखेकोे देखिन्छ । तर,भित्रि शिलालेखले अशिक्षित समाजको फाईदा लिदै सरकारी करोडौंको लगानीलाई मृतक ढुंगानाको स्वामित्वमा रहेको दाबी गर्ने शिलालेख रहेको पुष्टी हुन्छ । स्थानीय आदिबासी दनुवार डोने समुदायको बिरोध पछि मन्दिर निर्माणकर्ताले बिबादित अक्षर संरचनालाई पुटिङ गरेर छोपिएको देख्न सकिन्छ । भबिष्यतका पीढिमा इतिहास रच्ने ज्ञानेन्द« ढुंगाना परिवारको कर्तुतको भण्डाफोर भएको छ । मनिदर निर्माणको मात्र शिला पत्र राखिनु पर्ने रिस्कूबासीको माग रहेको छ । मन्दिर निर्माण समयमा मृतक ढुंगानाको भतिजो बालकृष्ण ढुंगाना सो बिद्यालयको तात्कालिन प्रधानाध्याक रहेका थिए । बिद्यायलयको प्रअ र मन्दिर निर्माण गर्ने परिवारको साँठगाठले सरकारी सम्पतिलाई ब्यक्तिगत सम्पतिको रुपमा उल्लेख गर्ने गलत मनशायको नियत प्रष्ट देखिन्छ ।