नेपालमा सुर्ती सेवनबाट दैनिक ५० जना मृत्यु

नेपालमा सुर्ती सेवनबाट दैनिक ५० जना मृत्यु

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

चितवन, १२ चैत ।

सुर्तीजन्य पदार्थको सेवनबाट नेपालमा दैनिक झन्डै ५० जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य कर कोषको सचिवालयले आज पूर्वी चितवनको सौराहामा आयोजना गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी अन्तक्र्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।

नेपालको कुल जनसङ्ख्याको करिब ५० प्रतिशत मानिसले खुलेआम तथा लुकीछिपी सुर्तीजन्य प्रदार्थको सेवनबाट क्यान्सरजस्तो भयानक रोगले बर्सेनि १७ देखि १८ हजार मानिसको मृत्यु हुने गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने मृत्युदर ६२ प्रतिशत रहेको बताउनुभयो । उहाँले सर्नेभन्दा नसर्ने रोगबाट मर्नेको सङ्ख्या बढिरहेको समेत बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनकी नसर्ने रोगको स्रोत व्यक्ति डा लोनिम प्रसाईं दीक्षितले ३० देखि ७० वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने नसर्ने रोगका कारण मर्नेको मुत्युदर ६२ प्रतिशत र सर्ने रोगबाट मर्नेको मृत्यु दर २७ प्रतिशत छ । नसर्ने रोगहरु क्यान्सर, उच्च रक्तचाप, मधुमेह र मुटुरोग सुर्तीजन्य पदार्थको सेवन र खानपानका कारण लाग्ने गरेको छ ।

कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको महिला, बालबालिका तथा समाज कल्याण समितिकी सभापति रञ्जुकुमारी झाले मृत्युदर घटाउन विसं २०६३ मा बनेको कानुन परिमार्जन गरी विसं २०६८ मा पारित ऐनलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी