काठमाण्डौं चैत्र १२ । नेपालको आन्तरीक मामलामा हस्तक्षेप गरीरहेको भारतले अहिले आन्दोलनरत मधेशी मोर्चाका नेताहरुलाई फेरी उकासेको खुलेको छ ।
होलीको अवसरमा ब्रेकफाष्ट दिन भनेर दुतावासमै बोलाईएका मोर्चाका नेताहरुले अब बैशाख देखि राजधानी केन्द्रीत कडा आन्दोलन गर्ने तयारी भईरहेको राजदुत रञ्जित रेलाई ब्रिफिङ गरेका थिए ।
एकातिर चीनीया दुतावासमा आफुहरुको माग सवोधन गराउन भन्दै ज्ञापन पत्र बुझाएको मधेशी मोर्चाले अर्कोतर्फ भारतीय दुतावासमा खाजा पानी सहित आन्दोलनको समिक्षा गरे पछि उनीहरुको थप आलोचना भएको छ ।
बैशाख पछि आन्दोलन गरे पनि सहमति भए पनि राष्ट्रिय राजनीतिमा रहेका पार्टीहरु, मन्त्री भईसकेका नेताहरु दुतावासमा जादै खाजा खाना खाएर आन्दोलनको समिक्षा गर्नुलाई सकारात्मक रुपमा लिन नसकिने कुटनीतिक जानकारहरुको तर्क छ ।
त्यस बैठकमा काग्रेस एमाले र माओवादीबाट आफूहरुको माग पूरा नहुने भएकाले सरकार फेर्ने सम्मको वातावरण बनाउन भारत लागोस् भन्ने आशयको ब्रिफिङ मोर्चाका नेताले गरेको स्रोतको भनाई छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले महत्वका साथ चर्चा पाईरहेका बेला काठमाण्डौंमा यो गतिविधि देखा परेको हो ।