काठमाण्डौ ,९ चैत ।
सन्चारकर्मी तथा लोक गायक राजु बोहरा र पूर्णकला बिसीको स्वरमा रहेको “माया गर्ने मान्छे“ बोलको गीतले यतिबेला श्रोताको मन तान्न सफल भएको छ ।
भनिन्छ संगीतको न त जात हुन्छ न त भाषा नै , तै पनि संगीतमा त्यस्तो जादु हुन्छ, जसले जो कोहीलाई पनि लोभ्याउन सक्छ ।
पछिलो समय अशंख्य श्रोताको मन जित्न सफल युवा सर्जक लोक पारखी राजिब सुनुवारले बिन्ध्याबसिनी म्युजिक प्रालिमार्फत बजारमा ल्याएको लोक दोहोरी गित “ माया गर्ने मान्छे “ छोटो समयमा नै सबैको मन जित्न सफल हुदै गएको छ ।
अहिलेको समयमा गित संगीत क्षेत्र धरासाही बन्दै गएको स्थिति , संगीतमा गरेको लगानी बालुवामा पानी हाले जस्तै भैरहेको स्थितिमा पनि संगीतमा लागेर दाम कमाउँछु, धनी बन्छु भन्ने सोच कहिले नराख्ने सुनुवार मात्र आफ्नो कर्ममा विश्वास गर्छन , कर्म गर्नुपर्छ फलको आशा गर्नुहुन्न सफलता अवश्य मिल्दै जानेमा उनि ढुक्क छन् ।
राजु र पूर्णकलाको स्वरमा रहेको दोहोरी गीत माया गर्ने मान्छे मा लय अहिलेका बहुचर्चित कलाकार सन्तोष के बास्तोलाको रहेको छ र शब्द भने उनै युवा सर्जक राजिब सुनुवारको रहेको छ ।
यस गितको थप यथार्थता झल्काउन अभिनय गरेका छन् देवेन्द्र क्षेत्री र जानु थापाले भने छायांकन गरेका छन् राजेश घिमिरेले । सुजन शाहीले सम्पादन गरे पश्चात बिन्ध्यबासिनी म्युजिक प्रालिले नेपाली गितसंगीत प्रेमी दर्शक माझ अबको केहि दिन पछि टेलिभिजनका पर्दा र युटुब च्यानलमा यस गितको भिडियोलाई सार्बजनिक गर्ने छ ।
भिडियो हेर्नुस् ।