मन पराएर ढिडो खाए ह्यारीले ..

मन पराएर ढिडो खाए ह्यारीले ..

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

लमजुङ,८ चैत । नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ पदयात्रापछि गुरुङ समुदायको घनाबस्ती रहेको भिरकुना गाउँ आइपुग्नु भएको छ ।

राजकुमार ह्यारीले गौँडा गाविस वडा नं ४ भिरकुनाबाट वडा नं ७ को लेउरानी गाउँसम्म एक घन्टाको पदयात्रा गर्नुभएको थियो । उहाँ गुरुङ समुदायको बस्ती, प्रकृति र ग्रामीण जनजीवनको अवलोकन गर्दै पदयात्रामा सहभागी हुनुभएको थियो । राजकुमार ह्यारीसहितको टोली आज सोही गाउँमा घरबास (होमस्टे) मा छ ।

ह्यारी गाउँमा पुग्दा स्थानीय गुरुङ परम्परानुसार फेटा बाँधेर, चामलको सेतो टीका र फूलमाला लगाएर स्थानीयवासीले स्वागत गरेका थिए ।

उहाँले ८८ वर्षीया मङ्गली तामाङका घरमा बनाइएको कोदाको ढिँडो, स्थानीय कुखुराको मासु, गोलभेँडाको पिरो अचारसहितको परिकार खानुभएको थियो । “मैले अफगानिस्तानमा गोर्खा सैनिकसँग रहँदा पिरो अचार खाएको थिएँ, पिरो अचारले शरीर तात्छ, आज यहाँ पानी परेर चिसो भएकाले अरु स्थानीय परिकार सहित गोलभेँडाको पिरो अचार मलाई विशेष स्वादिलो लाग्यो”– ह्यारीले भन्नु भयो ।

यसअघि त्यहाँ गुरुङ परम्परानुसार देखाइएको घाँटु र तामाङ नाचमा ह्यारी नाच्नुभएको थियो । ह्यारीले वडा नं ७ को लेउरानी गाउँमा पुगेर दोस्रो विश्वयुद्धमा बेलायती सेनाबाट लडेका गोर्खा सैनिक गञ्जुराम तामाङकी ८८ वर्षीया धर्मपत्नी मङ्गलीलाई भेट्नु भयो ।

“आफूले यसरी बेलायतका राजकुमारलाई भेट्छु भन्ने सोचेको थिइन, भेट भयो, साह्रै खुसी लागेको छ”– मङ्गलीले भन्नु भयो ।

सो अवसरमा मङ्गलीले ह्यारीसँग आफू नियमित स्वास्थ्य परीक्षणमा रहेकाले औषधोपचार र भूकम्पले क्षति पु¥याएको घर निर्माणका लागि सहयोगको अपेक्षा गर्नु भएको थियो । ह्यारीले गोर्खा कल्याणकारी कोषमार्फत सहयोग पु¥याउने वचन दिनु भयो ।

उहाँले भूकम्पले क्षति पु¥याएको भूतपूर्व ब्रिटिस गोर्खा परिवारका घर र त्यहाँ रहेका आफन्तसँग जानकारी लिनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी