काठमाण्डौ ,७ चैत ।
बाग्लुङ्ग को खुङ्खानि ९ मा जन्मेर नबलपरासी ५मा बसोबाश गर्दै आउनुभएका सर्जक मनोज रसाइली यतिबेला नेपाली लोक संगीतको सिर्जना गर्नमै ब्यस्त छन् ।“सारै मन दुख्छ मायालु” को शब्द सिर्जना एब एल्बम प्रस्तुति बाट औपचारकि रुपमा गीत संगीतको आरम्भ गरेका मनोज रसाइली ले आज सम्म करिब डेड दर्जन गीतहरुमा शब्द एबम संगीत सिर्जना गरिसकेका छन् भने एक दर्जन गीत आउने क्रममा रहेको बताउछन।
उनले सुरुमा प्रकाशनमा ल्याएको एल्बम सामाजिक संजालमा निकै नै चर्चा बटुल्यो सोहि गीत बाट हौसला पाएका मनोजले तेस्पछि “मायाको गुन”, “बाग्लुङ्ग कुश्मा सानु” “तिमि कहा छेउ” “कुन ठाउमा” लगायतका गीतहरुमा आफ्नै आवाज दिएका छन् ।
सुरुवातका दिनहरुमा निकै गार्हो भएको र आफुलाई सघाउने मान्छे समेत पाउन नसकेको सन्दर्भलाई सम्झदै सर्जक होम परियार, गायक रामु बिरहि, झलक संगीतम र रमेश परियार ले साथ् दिएको सम्झना समेत अनलाइनलाइ बताउछन ।
सरल स्वभाब मिठो बोलि भएका मनोजले थुप्रै नेपाली चर्चित कलाकारहरु प्रमोद खरेल ,मुना थापा, पूर्णकला बिसी, देवी घर्ति ,खुमन अधिकारि ,कुलेंद्र बिक, जुना श्रीश, पुजा सुनार ,राजेश बर्देवा ,लगायतका कलाकार संग समेत काम गरिसकेका छन् र उनले लोक गीत मात्र नभएर आधुनिक गीत मा समेत शब्द एबम संगीत गरेका छन् ।मनोजले अझै थुप्रै गीतहरुको माग आउने गरेको र पछिल्लो समय सिर्जनामा ब्यस्त रहेको बताउछन।
म्युजिक भिडियो ।