साउदी अरबमा २५ जना नेपाली पक्राउ

साउदी अरबमा २५ जना नेपाली पक्राउ

  • सोमवार, चैत्र ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, ८ चैत्र ।

वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका २५ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाका मात्रै १२ जना रहेको जनाइएको छ ।

साउदीको रूवाफिद अल ट्रोक कम्पनीले कामको लागि अनुमतिपत्र नदिएको र प्रक्रियासमेत पूरा नगराएका कारण उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेका शिवकुमार मण्डलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनुषाका देवनारायण पासवान, भरोसी मण्डल, लालबाबु सहनी, उत्तिम मण्डल, जीवछ साह, नागेन्द्र महरा, उमेश साह, रामबाबु, रामनारायण यादव, सुलेमान र सुरेश साह रहेका छन् ।

साउदी रियाज अफ अलफर्ज सिसिबलदिया प्रहरीले पक्राउ गरिएकालाई जेल चलान गरिसकेको छ । मण्डलले आफूलगायतलाई प्रहरीले एक महिनादेखि हिरासतमा राखी अनुुसन्धान गरिरहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी