चीन भ्रमणका क्रममा लिपुलेकको बिषय उठाउन माग गर्दै राजधानीमा बृत्तचित्र प्रदर्शन

चीन भ्रमणका क्रममा लिपुलेकको बिषय उठाउन माग गर्दै राजधानीमा बृत्तचित्र प्रदर्शन

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ६ चैत ।

नेपालको भूमि लिपुलेकको विषयमा तयार पारिएको वृत्तचित्र ‘लिपुलेक यात्रा’ आज प्रदर्शन गरिएको छ ।

अखिल (क्रान्तिकारी)को टोलीले गत साउन २२ देखि भदौ १ गतेसम्म लिपुलेकमा गरेको यात्रामा आधारित रहेर तयार पारिएको डकुमेन्ट्री ५७ मिनेटको रहेको छ ।

सोही यात्राको क्रममा झेल्नुपरेका समस्या, भिरालो बाटो, अनकन्टार क्षेत्र, सहभागीको अनुभूति वृत्तचित्रमा समेटिएका छन् ।

क्रान्तिकारीको सयजना भन्दा बढीको टोली काठमाडौँबाट साउन २२ गते लिपुलेकका लागि हिँडेकोमा २६ गते दार्चुला पुगेको थियो । क्रान्तिकारीका अध्यक्ष रत्न ढकालको नेतृत्वमा १८ जनाको टोली दार्चुला सदरमुकामबाट पाँच दिनको पैदल यात्रा गरी भदौ १ गते दार्चुलाको लिपुलेक पुगी नेपाली झण्डा फहराएकोे थियो ।

क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले प्रधानमन्त्रीको आइतबारबाट हुन लागेको चीन भ्रमणमा लिपुलेकको विषय उठाउन सुझाव दिने उद्देश्यले आज वृत्तचित्र प्रदर्शन गरिएको जानकारी दिनुभयो ।

नेकपा(क्रान्तिकारी माओवादी)का नेता रामबहादुर थापा, सिपी गजुरेल, प्रवक्ता पम्फा भुसाल, सीमाविद बुद्धिनारायण श्रेष्ठलगायतले आज सो वृत्तचित्र हेर्नुभयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत जेठ १ गते चीन भ्रमणको क्रममा दुई देशबीच भएको सम्झौतामा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गको रुपमा विस्तार गर्ने सम्झौता भएपछि त्यसको नेपालमा विरोध हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ