बाबा ग्याँस बिक्रेता डंगोल पक्राउ

बाबा ग्याँस बिक्रेता डंगोल पक्राउ

  • शुक्रबार, चैत्र ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भक्तपुर, ५ चैत्र ।
भक्तपुरको लोकन्थलीमा बट्टा सप्लायर्सका सञ्चालक कृष्णलाल डंगोल निर्धा्रित मुख्य भन्दा बढि मुल्यमा ग्याँस बिक्रि गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।
आज बिहान डंगोललाई तोकिएको मुल्य भन्दा बढीमा ग्यास बेचेपछि रगेंहात पक्राउ गरिएको आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागका निर्देशक लक्ष्मण श्रेष्ठले बताउनु भयो ।
आज बिहान करिब ११ बजे आपुर्ति बिभागका निर्देशक श्रेष्ठ आफै ग्राहक बनेर जाँदा डंगोलले बढी मूल्यमा उहालाई ग्यास बेचेपछि तत्काल प्रहरीले डंगोललाई पक्राउ गरेको हो । डंगोलले ग्याँस बढि मुल्यमा बिक्रि गरिरहेको भन्ने सुचनाका आधारमा निर्देशक श्रेष्ठ ग्याँस डिपो मै पुग्नुभएको थियो ।
बाबा ग्याँस बिक्रेता डंगोलले ३ हजार ५ सय रुपैयाँ पर्ने भरि सिलिन्डरलाई ४ हजार २ सय रुपैयामा बेच्ने गरेका थिए । पक्राउ परेका डंगोललाई प्रहरी चौकी लोकन्थलीमा बुझाईएको छ ।
उनलाई कालाबजारी ऐन अन्तर्गत ५ बर्षको जेल सजाय तथा जरिवाना हुने प्रावधान अनुसार कारवाही अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी