चैत्र ०४ /नेपाली फ्लिमी क्षेत्रमा मौलिक बिषय बस्तु समाबेस गरिएको कथानक चलचित्रहरु कमै बजारमा आएका हुन्छन तर यसपटक सबै दर्शकलाई हलमा भाग सानी भागले तान्दै छ ।
साथीभाई फिल्मसको प्रालिको ब्यानरमा देशभर भोलिबाट पर्दशनमा आउन लागेको नेपालि कथानक चलचित्र भाग सानी भाग को फ्लीम रिलिज अगाडिनै यसको चर्चा बजारमा निकै छ ।
बिष्णु चापागाईको प्रस्तुति सहदेब गौतम र बिलोल पोखरेलको निर्माणमा चर्चित संगीतकार चेतन सापकोटाको कार्यकारी निर्मातामा चैत्र ५ गतेबाट देशभर पर्दशन हुदै छ ।
चलचित्रमा चर्चित नायिका केकी अधिकारी ,सबिन श्रेष्ठ,निर साह लगायत निकै चर्चित् चर्चित् अभिनेताहरुको अभिनय रहेको छ ।
भाग सानि भागका प्रस्तुतकर्ता बिष्णु चापागाई भन्नु हुन्छ “मौलिक कथा बिषय बस्तुमा समाबेस भएको फ्लिम हो यो एक बर्षको लामो प्रयासमा हामीले राम्रो सिनेमा बनाएको छौ एक पटक हेरेर प्रतिक्रिया दिनुहुने छ ।
नबल नेपालको निर्देशनमा आएका अघिल्ला चलचित्रले पनि उतिकै सफलता पाएको छ यसले पनि सोचेजस्तो सफलता प्राप्त गर्ने बिस्वास छ” ।
डिजिटल पार्टनर पाएको विन्ध्यवासिनी म्युजिकका संचालक भन्नु हुन्छ “पहिलो पटक यो अवसर विन्ध्यवासिनीले पाएको छ र बजारमा पनि यसको चर्चा अगाडिनै निकै रहेको हुदा हामि भोलिको प्रतिक्ष्यामा छौ पक्कै यो चलचित्रले सफलता प्राप्त गर्ने छ ।
प्रोमो हेर्नेहरुले पनि साचिकै चलचित्रमा रहेको कथा कस्तो छ भन्ने उत्सुकत बढेको धेरै दर्शकले बताउदै सबैको सामाजिक संजालहरु भाग सानी भागले भरिएको यतिबेला देखीएको छ हेरम भोलिको सुर्यदयले साचिकै भाग सानै भागले बाजी मार्ने छ ।
सानी कति सम्म भाग्ने हुन् ? अर्थात यस फिल्मप्रति दर्शकको आकर्षण र व्यापार कस्तो रहला त्यो भने हेर्न बाकी छ ।