एसएलसी परीक्षा चैत्र १८ गतेदेखि

एसएलसी परीक्षा चैत्र १८ गतेदेखि

  • बिहिबार, चैत्र ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौ ४ चैत्र । परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले यसवर्षको एसएलसी परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार परीक्षा आगामी चैत्र १८ गते देखि २९ गतेसम्म सन्चालन हुनेछ ।

तालिका अनुसार पहिलो दिन चैत्र १८ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस्तै १९ गते नेपाली, २१ गते गणित, २२ गते विज्ञान, २३ गते अनिवार्य सामाजिक , २४ गते स्वास्थ्य तथा जनसंख्या शिक्षा विषयको परीक्षा हुनेछ ।

चैत्र २५ गते ऐच्छिक प्रथम विषयको परीक्षा सन्चालन हुनेछ भने २६ गते ऐच्छिक द्धितीय तथा २७, २८ र २९ गतेसम्म प्राविधिक तर्फका बाँकि विषयको परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यो वर्षदेखि एसएलसी परीक्षाको नतिजा लेटर ग्रेडिङमा सार्वजनिक गरिने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

परीक्षा सन्चालनका लागि देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ९५ केन्द्र छन् भने सबै भन्दा कम मनाङ् र मुस्ताङ्मा एक एक केन्द्र निर्धारण गरिएको छ ।

परीक्षामा कूल ६ लाख १५ हजार र प्राविधिक एसएलसी तर्फ तीन हजार दुई सय ५५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी