लम्की, ४ चैत।
कैलालीका सञ्चारकर्मी हरि चौधरीको पहिलो म्युजिक भिडियो बजारमा आएको छ । कैलालीको लम्की–चुहा नगगरपालिका–११, पिपरकोटी घर भएका सञ्चारकर्मी हरिले थारू लोक गीतको म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।
म्युजिक भिडियो बजारमा आएसँगै सानैदखि कलाकारिता क्षेत्रमा रुचि राख्दै आएका चौधरीको कलाकार बन्ने सपना पूरा भएको छ । ‘कला संस्कृतिलाई जोगाई राख्नुपर्छ’ भन्ने मान्यता बोकेका सञ्चारकर्मी चौधरीले पहिलो पटक थारू लोक गीतको म्यूजिक भिडियोबाट आफ्नो कलाकारिता सुरु गरेका हुन् ।
थारू भाषाका राष्ट्रिय लोक गायक मनिराम चौधरीको थारु गीति एल्बम ‘मोर चम्फा फुलवार’ मा समावेश रहेको टाईटल गीत ‘मोर चम्फा फुलवार’ बोलको गीतमा थारू राष्ट्रिय लोक गायक मनिराम चौधरी र विन्दू शर्माको स्वर रहेको छ ।
सोहेलदेव थारू र फिरोज राजबंशीको संयुक्त लगानीमा निर्माण गरिएको म्युजिक भिडियोमा सञ्चारकर्मी हरि चौधरी, सुनिता चौधरी फिरोज चौधरी, भीमा चौधरी, वीरु चौधरी, रिमा चौधरीको अभिनय रहेको छ ।
निर्देशक थारू नायक तथा निर्देशक कृष्णा चौधरी र सुधराम दहितले निर्देशन गरेको म्युजिक भिडियोको छायांककन भने विवश चौधरीले गरेका हुन् । करिब ४० हजारको लागतमा म्युजिक भिडियो बजारमा आएको हो ।
भिडियो हेर्नुस् ।