खाद्य संस्थानका डिपो कर्मचारीविहीन

खाद्य संस्थानका डिपो कर्मचारीविहीन

  • बुधबार, चैत्र ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 17.8K
    SHARES

धनगढी, ३ चैत ।

सुदूरपश्चिमका नेपाल खाद्य संस्थानका बिक्री डिपोमा कर्मचारीविहीन हुँदै गएपछि खाद्यान्न बिक्री वितरण प्रभावित भएको छ ।

कर्मचारी नहुँदा कतिपय क्षेत्रमा कार्यालय सहयोगीले प्रमुखको काम गर्नुपरेको खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीका प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो ।

बिक्री डिपो कर्मचारीविहीन भएसँगै खाद्यान्न ढुवानीको ठेक्का पाउने ठेकेदारमार्फत नै खाद्यान्नको बिक्री वितरण गर्नुपर्ने वाध्यता बताइएको छ ।

खाद्यान्न बिक्री वितरणको काम सम्बन्धित क्षेत्रको गाविस सचिव, प्रहरी निकाय र राजनीतिक दलका प्रतिनिधिको रोहवरमा हुने गरेको छ ।

खाद्य संस्थानको सेती अञ्चल कार्यालयमा अधिकृत स्तरको १०, सहायक स्तरको ५० र श्रेणीविहीन ५० कर्मचारीको दरबन्दी रहेकोमा हाल ३० जना मात्रै कार्यरत रहेको लम्सालले बताउनुभयो ।

संस्थानमा कार्यरत अस्थायी ज्यालादारी कर्मचारीलाई सरकारको नीतिबमोजिम विगतमा अवकास दिइएको र स्थायी कर्मचारीले उमेर हदका कारण बर्सेनि अवकास पाउँदै जाँदा डिपो कर्मचारीविहीन हुन पुगेको जनाइएको छ ।
संस्थानको दार्चुला जिल्लास्थित पारीबगर, खण्डेश्वरी, र सुनसेरा बिक्री डिपो, बैतडीको कुलाउ, मेलौली र पुँर्चौडीहाट र बझाङ जिल्लाको बिसौनामा रहेका बिक्री डिपो लामो समयदेखि कर्मचारीविहीन छन् ।

बाजुराको कोल्टी डिपोमा मात्रै संस्थानकै कर्मचारीमार्फत खाद्यान्न बिक्री वितरण हुँदै आएको संस्थानका अधिकृत रणबहादुर ऐरले बताउनुभयो । “देशभरिका खाद्य संस्थानको यही समस्या हो” ऐरले भन्नुभयो ।

सरकारले दिने ढुवानी अनुदानमा संस्थानले खाद्यान्न अभाव हुने क्षेत्रमा खाद्यान्न आपूर्ति गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी