युवा जागरण अभियान सोलुखुम्बु प्रवेश

युवा जागरण अभियान सोलुखुम्बु प्रवेश

  • मङ्लबार, चैत्र २, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ , २ चैत्र ।
नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध राष्ट्रिय युवा जनस्वयम सेवक सेवकको एकिकृत युवा जागरण अभियान सोलुखुम्बु पुगेको छ ।

खोटाङका बिभिन्न स्थानमा मार्चपास , कोणसभा ,भित्तेलेखन तथा संगठनहरु निर्माण गर्दै अभियान टोली सोलुतर्फ प्रस्थान गरेको हो ।

खोटाङको अभियान समापन गर्दै मंगलबार युवा जनस्वयम् सेवकटोलीले नुनथला बजारमा मार्चपास सहित कोणसभा गरेको थियो ।
कोणसभालाई युवाका केन्द्रिय सदस्य बिरु चन्द तथा खोटाङ जिल्ला अध्यक्ष चन्द्र बुढाथोकीले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी सदरमुकाम दिक्तेलमा भएको मार्चपासपछिको कोणसभामा भने राष्ट्रिय युवा जनस्वयम् सेवकका सचिव केशव पोख्रेल र जिल्ला सचिव चन्द्र बुढाथोकीले सवोधन गरेका थिए ।

अभियान टोलीले मनोकामना उच्च माध्यमिक बिद्यालय र डुम्रे धारापानीको देउराली उच्च माध्यमिक विद्यालयमा विद्यार्थी संगठन निर्माण गर्नुका साथै निर्मलीडाडा तथा चिउरिडाडामामा सहिद परिवारसँगको भेटघाट गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ