काठमाण्डौ , २ चैत्र ।
नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादी सम्बद्ध राष्ट्रिय युवा जनस्वयम सेवक सेवकको एकिकृत युवा जागरण अभियान सोलुखुम्बु पुगेको छ ।
खोटाङका बिभिन्न स्थानमा मार्चपास , कोणसभा ,भित्तेलेखन तथा संगठनहरु निर्माण गर्दै अभियान टोली सोलुतर्फ प्रस्थान गरेको हो ।
खोटाङको अभियान समापन गर्दै मंगलबार युवा जनस्वयम् सेवकटोलीले नुनथला बजारमा मार्चपास सहित कोणसभा गरेको थियो ।
कोणसभालाई युवाका केन्द्रिय सदस्य बिरु चन्द तथा खोटाङ जिल्ला अध्यक्ष चन्द्र बुढाथोकीले सम्बोधन गर्नुभएको थियो ।
यसैगरी सदरमुकाम दिक्तेलमा भएको मार्चपासपछिको कोणसभामा भने राष्ट्रिय युवा जनस्वयम् सेवकका सचिव केशव पोख्रेल र जिल्ला सचिव चन्द्र बुढाथोकीले सवोधन गरेका थिए ।
अभियान टोलीले मनोकामना उच्च माध्यमिक बिद्यालय र डुम्रे धारापानीको देउराली उच्च माध्यमिक विद्यालयमा विद्यार्थी संगठन निर्माण गर्नुका साथै निर्मलीडाडा तथा चिउरिडाडामामा सहिद परिवारसँगको भेटघाट गरेको थियो ।

