कति दिनत् भोकै रात काटे : डालीकृष्ण

कति दिनत् भोकै रात काटे : डालीकृष्ण

  • मङ्लबार, चैत्र २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

चैत्र ०२ / ओखलढुंगाको टारकेराबारीमा पिता नारायण बहादुर र माता लीलामायाको कोखबाट यो धर्तीमा पाइला राखेका डालीकृष्ण पछिल्लो पटक आम दर्शक/श्रोताको रोजाइका सर्जक बनेका छन

२०६७सालमा रेडियो नेपालबाट “भोकल टेस्टमा” पास गरि सांगीतिक बजारमा प्रबेस गरेका कृष्ण  आफु निकै संघर्षशिल रहेको बताउछन

“साथि जिबनाभरको”बाट सांगीतिक बजारमा आवाजको माध्यामबाट बजारमा प्रबेस गरेका कृष्णले हालसम्म १ दर्जन भन्दा बढी गीतहरुमा आफ्नो आवाज दिएका छन प्राय गीतहरु आम स्रोताको रोजाइमा परेको पाइन्छ ।

सानै उमेर देखि गीत संगीतलाई साथी बजाउने कृष्ण दुखमा कहिले हार नखाएको बताउदै भन्नु हुन्छ “सबै भन्दा दुख जिबनमा कलाकारिता क्षेत्रमै पर्यो कति दिन त भोक भोकै रात कटाउन बाध्य हुन्थे त्यो बेला म आत्तिएको भए आज श्रोतामाझ रहने थिइन होला” ।

यसरी दुख बेक्त गर्ने डालीकृष्णलाइ मिडियाले  सोचे जस्तो साथ् दिएन। उहाले मिडियालाई पहिलो प्राथमिकतामा राखे पनि राम्रालाई भन्दा पनि हाम्रा कलाकार भन्ने भावानाले गर्दा सन्चारकर्मी साथीहरुको साथ् भने जस्तो नपाएको दुखेसो पोख्नु हुन्छ ।

लय/शब्द/स्वर सबै आफैले दिदै आएका सर्जक डालीकृष्णलाइ प्रतिभाको धनि भन्दा फरक नपर्ला। सबै विधालाई उतिकै माया गर्ने कृष्णले अब छिट्टै केहि गीतहरुमा आवाजको माध्यमबाट बजारमा आउने बताउनुहुन्छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी