डा.परिश्रमिका गजलले यसरी तयायो राजधानी 

डा.परिश्रमिका गजलले यसरी तयायो राजधानी 

  • आइतवार, फाल्गुन ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाण्डौ ,२९ फाल्गुन ।

गजललाई माया गर्नेहरु धेरै छन भन्ने  कुरा शनिवार सर्वनाम थिएटरमा आयोजित कार्यक्रमले प्रष्ट पारिदियो । कमै मात्रमा भने जस्तो साहित्यिक कार्यक्रम राजधानीमा हुने गरेको छ तर एउटा फरक कार्यक्रम आज राजधानीको सर्वनाम थिएटरमा सम्पन्न भएको छ ।

परिवर्तन सरगम साहित्य प्रतिष्ठान को आयोजना र विन्ध्यवासिनी फाउन्डेसनलको सह-आयोजनामा बरिष्ठ गजलकार डा घनश्याम परिश्रमिको एकल बहरबद्ध गजल गायन कार्यक्रमले राजधानी ततायो ।एकै थलोमा बिभिन्न प्रस्तुतिहरु रहेको कार्यक्रममा अग्रज देखि अनुजसम्मको सर्जकहरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गजलकार प्राध्यापाक डा. सनतकुमार कुमार वस्तीले सोहि कार्यक्रमका नायक बरिष्ठ गजलकार डा.घनश्याम परिश्रमिको गजल गएर उतघाटन गरेका थिए ।नवलपरासी देखि आएर गजल गायन समूहले डा.परिश्रमिका बिभिन्न गजलहरु गएका थिए । भने स्थानिय बिभिन्न गायकहरुले पनि आफ्नो आवाजमा परिश्रमिका गजल गएर कार्यक्रम सभ्य बनाएका थिए ।

सोहि अबसरमा नारी गजलकार सुनिता सापकोटाको गजल संग्रह “एक दिन” र परिवर्तन सरगम साहित्य प्रतिष्ठानको गजल पत्रिका “समर्पण”पनि बिमोचन गरिएको थियो ।

कार्यक्रममा बिभिन्न अग्रज गजलकार तथा बिभिन्न गायक गायिकाहरुलाइ एकै थलोमा सम्मान गरेको छ ।बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, ललिजन रावल,डा.कृष्णहरि बराल ,मानन्धर अभागीलाई गजल सम्मान गरिएको थियो भने सुशील श्रेष्ठ ,सुबास अगम,श्रीजना दाहाललाइ गजल गायनबाट सम्मान गरिएको हो । कार्यक्रमका नायक घनश्याम परिश्रमीलाई अबिनान्दन गरे संगै उहाले आफ्नो भनाइहरु राख्ने क्रममा भन्नु भयो “जति उत्कृष्ट क्रार्यक्रम भनीए पनि आज सम्म राजधानीमा एति भब्य कार्यक्रम भएको थिएन” ।

स्वागत मन्तब्य सस्थाका सचिब गोबिन्द लामिछानेले गर्नुभएका थिए भने कार्यक्रमको बिसर्जनको क्रममा सभापति कमल सरगमले कार्यक्रम भब्य भएको बताउदै आगामी दिनहरुमा पनि यसरीनै साथ् रहे यस्ता धेरै कार्यक्रम गरिने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी