हजार शब्द बोल्ने बज्राचार्यका तस्बिर

हजार शब्द बोल्ने बज्राचार्यका तस्बिर

  • शनिबार, फाल्गुन २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, २९ फागुन ।

भनिन्छ ‘एउटा तस्बिरले हजाराँैं शब्द बोल्छ ।’ छविकार मीनरत्न बज्राचार्यले यसै कुरालाई प्रमाणित गर्ने प्रयत्न गर्न खोज्नुभएको छ । 

नेपाल पर्यटन बोर्डमा फागुन २२ गतेदेखि बज्राचार्यले विसं २०४४ देखि २०७१ सम्म खिचेका ७७ तस्बिर प्रदर्शनीमा राखिएका छन् । फागुन ३० गतेसम्म चल्ने प्रदर्शनीमा देखिएका तस्बिरले देशको वास्तविकता बोलेका छन् । 

तस्बिरले अन्तर्राष्ट्रियसँगै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक र नागरिकको जनजीवनलाई समेटेका छन् । बज्राचार्य भन्नुहुन्छ, “मैले देशको पर्यटन क्षेत्रलाई टेवा पु¥याउने उदेश्यले खिचेका अधिकांश तस्बिर यहाँ छन् ।” 

बज्राचार्यले अमेरिकी राष्ट्रपति पदकी पत्यासी हिलारी क्लिन्टनको सुन्दर मुहारलाई यहाँ आएका बेला कैद गर्न भ्याउनुभएको छ । नेपाली ढाकाको पछ््यौरा ओढेको हस्ताक्षरसहितको उक्त तस्बिर एकमात्र विदेशी तस्बिर हुनका कारण आकर्षणको केन्द्रविन्दु झै देखिन्छ । 
त्यसो त स्वयाम्भूनाथ क्षेत्रमा घाम र पानीसङ्गै हुँदा लाग्ने इन्द्रेणी, ल्होमान्थाङका थुप्रै गुफा र गुफाबाहिर हजारौँ वर्षअघि कोरिएका लिपिलाई तस्बिरमा देख्दा जो कोही टक्क अडिएर नेपालको मनोरम प्राकृतिक सौन्दर्य हेर्न बाध्य हुन्छ । 

त्यस्तै, स्वयम्भूनाथ, न्यातपोल, जानकी मन्दिर, वसन्तपुर दरबार परिसर, तलेजुभवानी, पाटन दरबार परिसरका तस्बिरले सँस्कृति र सम्पदा जोगाएर राखेको भान हुन्छ । हिमाल, पहाड, तराई–मधेसका लहरै तस्बिरले देशमा राष्ट्रिय एकता छ भन्ने प्रमाण पेस गरेको छ । 

सीमित स्रोतसाधनमा ‘फोटो पत्रकारिता’ गर्नुभएका बज्राचार्य तस्बिर खिच्न बकुल्लाको जस्तो धैर्य, गिद्धको जस्तो आँखा र बाघको जस्तो झम्ट्याई आवश्यक रहने बताउनुहुन्छ । 
विसं २०४४ मा रहरै रहरले पेसामा प्रवेश गर्नुभएका बज्राचार्यसँग हालसम्म हजारौँ तस्बिर खिचेका अनुभव भए पनि सुरु÷सुरुमा खिचेका केही तस्बिर बिग्रेदा उहाँ खिन्न हुनुपरेको थियो । यही पेसामा लागेर उहाँले विभिन्न पुरस्कार प्राप्त गर्नु भएको छ । 
पेसामा लागेर सन्तोष व्यक्त गर्नुभएका उहाँले २०४६ सालको जनआन्दोलनमा थुप्रै फोटो खिच्नुभएको छ भने नेपाली राजनीतिका सर्वोच्च कमाण्डर गणेशमान सिंहको फोटोग्राफरसमेत हुनुभयो । 
बज्राचार्यको यो स्वदेशमा भएको चौँथो एकल तस्बिर प्रदर्शनी हो । यसअघि फागुन २५ सम्ममात्र चल्ने भनिएको प्रदर्शनीको समय दर्शकको अनुरोधमा पाँच दिन थप गरिएको आयोजकको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी