एकल गजल गायन मार्फत फाल्गुन २९ गते राजधानी तताउदै परिवर्तन सरगम साहित्य प्रतिष्ठान 

एकल गजल गायन मार्फत फाल्गुन २९ गते राजधानी तताउदै परिवर्तन सरगम साहित्य प्रतिष्ठान 

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाण्डौ ,२८ फाल्गुन  ।

नेपाली साहित्यको एक फराकिलो विधा गजलको बिकाश र अन्य बिबिध साहित्य विधालाई अगाडी बढाउने हेतुले अगाडी बढेको परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपाल ले फाल्गुन २९ गते शनिबार बरिष्ठ गजलकार डा. घनश्याम परिश्रमिको एकल गजल गायन कार्यक्रम,स्रस्टा सम्मान साथमा बिभिन्न कृति बिमोचन कार्यक्रम सम्पन्न गर्दै छ

नेपाली कला साहित्यको सम्मान भन्ने मूल नाराको साथमा स्थापना भएको एस सस्थाले बिभिन्न कार्यक्रमहरु गर्दै आएको र अहिले बिशेष बनाउने क्रम मा यसपटक फरक तरिकाले प्रस्तुत भएको छ

सस्थाका अध्यक्ष कमल सरगम भन्नु हुन्छ “हामीले सृजना गर्ने हरेक सर्जकहरुलाई एकै ठाउमा भेला गर्ने अवसर आगामी शनिबार पाउदै छौ हामि आफै हर्सिद छौ” कार्यक्रमको तयारि कस्तो भन्ने प्रश्नमा सस्थाका सचिब भानु हुन्छ “तयारि भब्य गरेका छौ सर्वनाम थिएटर अलिक सानै छ हाल तर उपस्तिथीले के जनाउछ हेर्ने पर्छ हामि यो कार्यक्रम आयोजना गर्न पाउनुनै भाग्यमानि सम्झिएका छौ तयारि सकियो भन्दा फरक नहोला”

बरिष्ठ गजलकार सनतकुमार वस्तीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सम्मानित सर्जकहरु :गजलकार ज्ञानुवाकर पौडेल ,गजलकार ललिजन रावल ,गजलकार डा.कृष्णहरि बराल ,र गजलकार मानन्धर अभागी रहेका छन् भने गजल संग्रह “एक दिन” पनि सोहि दिन बिमोचन हुने छ कार्यक्रमको सहायोजना भने विन्ध्यवासिनी फाउन्डेसनले गरेको हो  गायक अतिथिहरु :सुशील श्रेष्ठ ,सुबास अगम र सृजना दाहाल लगाएत रहने छन् भने अन्य अतिथिहरु :बरिष्ठ मुक्तककार रामकाजी कोने र बरिष्ठ कवियत्री उषा शेरचन रहनु हुने जानकारी रहेको छ 

कार्यक्रमको प्रतक्ष्य प्रशारण बिभिन्न एफ एम रेडियोहरुबाट हुने जानकारी रहेको छ राजधानीको सर्वनाम थिएटरमा कार्यक्रम ठिक  ११:३० मा हुने छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी