राष्ट्रिय कविता महोत्सव चैत १४ गते

राष्ट्रिय कविता महोत्सव चैत १४ गते

  • शुक्रबार, फाल्गुन २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौँ, २८ फागुन ।

नेपाल प्रज्ञा प्रतिष्ठानले आउँदो चैत १४ गते राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ।

पटक पटक विभिन्न कारणले स्थगित हुन पुगेको सो महोत्सव यस पटक निर्धारित समयमा गर्न लागिएको हो ।

प्रतिष्ठानका प्रज्ञा सभा सदस्य शशि लुमुम्बुले उक्त महोत्सवका लागि प्रतिस्पर्धामा ३१ कवि छनोट गरिएको र त्यसमध्ये पाँचजना उत्कृष्ट छानिने जानकारी दिनुभयो ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा असार ९ गते गर्नुपर्ने उक्त महोत्सव भूकम्पका कारण स्थगित भई असोजमा गर्ने भनिएकोमा नाकाबन्दीका कारण पुनः स्थगित भएको थियो ।

प्रतिष्ठानले महोत्सव माघ २७ मा गर्ने भनी पुनः मिति तय गरेको भएपनि पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनका कारण यही फागुन ४ गते सारिएकोमा अनेरास्ववियुको निर्वाचनका कारण पुनः स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी