काठमाडौं, २८ फागुन ।
युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलद्धारा म्यानचेस्टर युनाईटेड २–० ले पराजित भएको छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुललाई विजयी गराउन ड्यानिएल स्टरिज र फर्मिनोले एक–एक गोल गरे ।
जितसँगै लिभरपुलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो पारेको छ भने म्यानचेस्टर युनाईटेड दबाबमा परेको छ ।
लिग अन्तरगत गएराति नै सम्पन्न अन्य खेलहरुमा जर्मनीको बोरुसिया डर्टमण्डले इङ्ल्यान्डको टोटनह्याम हट्सपरलाई ३–० ले हराउँदा भ्यालेन्सिया स्पेनको एथ्लेटिक बिल्बाओसँग १–० ले पराजित भएको छ ।
यसैगरी स्पेनको भियारियलले जर्मनीको बायर लिभरकुजेनलाई २–० ले पराजित गर्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline