धौलागिरि सेञ्चुरी पदमार्गको नक्साङ्कन सुरु

धौलागिरि सेञ्चुरी पदमार्गको नक्साङ्कन सुरु

  • बिहिबार, फाल्गुन २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

म्याग्दी, २७ फागुन ।

म्याग्दी जिल्लाको राहुघाट क्षेत्रका पर्यटकीय बस्तीलाई समेटेर पहिचान गरिएको (धौलागिरि सेञ्चुरी) पदमार्गको नक्साङ्कन सुरु भएको छ ।

सदरमुकाम बेनीदेखि राहुघाट नदीको वारीपारीका बस्तीलाई समेट्ने ‘धौलागिरि सेञ्चुरी’ पदमार्गको नक्सा तयार पार्ने र पदमार्गमा सङ्केत चिन्ह राख्नका लागि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको हो । पर्यटनविद् डाक्टर प्रेम शर्माको नेतृत्वमा रहेको टोलीमा पर्यटन बोर्ड, पर्यटन व्यवसायी, ग्रामीण पर्यटन विकास मञ्च (भिटोभ), उद्योग वाणिज्य सङ्घ र पत्रकार सहभागी छन् ।

बेनीदेखि पछै, जगन्नाथ, टोड्के हँुदै मालिकासम्मको अध्ययन सकेर टोली बुधबार धौलागिरि आधार शिविरतर्फ लागेको छ । नेपालको ग्रामीण क्षेत्रमा नयाँ पदमार्गको पहिचान तथा प्रवद्र्धनमा सघाउँदै आएको ‘अफ द बिट इन्ट्रेक्स’ र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा गत असोजमा पदमार्ग पहिचान गरिएको थियो ।

नक्साङ्कन र सङ्केत राख्ने काम गरेपछि पर्यटकलाई भ्रमणमा ल्याउन सजिलो हुने म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । सदरमुकाम बेनीदेखि झिँ, पाखापानी, कोटगाउँ, रायखोर, चौरखानी हँुदै धौलागिरि हिमालको दक्षिणी मोहोडाको आधार शिविर पुगेर चिमखोला, दर्मिजा, दग्नाम भएर बेनी फर्कने पदमार्ग सञ्चालनमा ल्याउनका लागि नक्साङ्कन गर्न लागिएको हो ।

दृश्यावलोकन, ग्रामीण जीवनशैली, मगर तथा छन्त्याल संस्कृति र मनोरम प्राकृतिक वातावरण धौलागिरि सेञ्चुरी पदमार्गको प्रमुख विशेषता हो । एक हप्तासम्म यात्रा गर्न सकिने पदमार्गको थप आकर्षणको रुपमा चिमखोलाको थाली नाच, दर्मिजाको तातोपानी कुण्ड, टोड्के पनि रहेका छन् । पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

मोटरबाटोका कारण पुराना पदमार्ग विस्थापित भएको अवस्थामा यस पदमार्गमा पर्यटक भित्र्याउन सकिने प्रसस्त सम्भावना देखिएको छ । पदमार्गको नक्सा तयार गरेपछि पर्यटक भित्र्याउनका लागि टे«किङ व्यवसायीसँग समन्वय गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी