फागुण २६ काठमाण्डौं । सदाबहार नायकको रुपमा परिचित स्टार कलाकार भूवन केसीले आफ्नै छोरा अनमोल र नवनायिका साम्राज्ञीलाई उतारेर तयार पारेको फिल्म ड्रिम्सले करोडौंको आर्थिक मुनाफा दिएको छ । र फिल्म अझै देशभरका दर्जनौं हलहरुमा आक्रामक रुपले प्रस्तुत भईरहेको छ ।
यसले नेपाली फल्म उद्योगको संभावना राम्रो भएको संकेत दिएको दर्शकहरुको प्रतिकृया छ । पत्रकार सामिप्यराज तिमल्सिनाले लेखेको कथामा आधारीत फिल्ममा संवाद तथा दृष्य समायोजन जस्ता कुराहरु निकै स्तरीय रहेको दर्शकको बुझाई छ ।
धेरै फिल्ममा अभिनय नै भएन भन्ने गुनासो रहने गरेको बेला अनमोलको प्रस्तुतिले नया कलाकारको सभावना पनि राम्रो देखाएको छ । यसले नेपाली फिल्म नचल्ने भन्दा पनि स्तरीय बनाउनु पर्ने सुझाव प्रस्तुत गर्दछ अन्य निर्माता र कलाकारलाई । स्टार भूवन केसी यो फिल्म अन्तराष्ट्रिय स्तरको भएको तर्क गर्छन् । नभन्दै ड्रिम्सले गंगाजल सहित विभिन्न हिन्दी फिल्म विस्थापित नै गरिदिएको छ नेपाली हलहरुबाट । शुभकामना छ ड्रिम्स टिमलाई ।