ग्याल्पो ल्होसारः भ्रम र वास्तविकता

ग्याल्पो ल्होसारः भ्रम र वास्तविकता

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 22K
    SHARES

 परापुर्बकाल देखि हिमाली आदिबासीहरुले मनाउदै अाइ रहेको ग्यल्बो ल्होसार आफ्नै मौलिक ईतिहास र महत्त्त्व बोकेको छ ।यो चाड बिशेष गरी तिब्बत् समुदाय मा मान्ने गरिन्छ ।याे ल्होसार मनाउने बिशेषत २ वटा आधार हरु रहेको छ ।

     पहिलाे आधार रृतु परिवर्तन संग सम्बन्धित रहेकाे छ भने अर्काे आधार राजा जगदीश खाँनले मिनाग राज्य एकिकरण भएकाे बिजय उत्सबकाे रुपमा मनाइदै आइरहेकाे छ । करीब दुई दशक अघि सम्म नेपालको हिमाली क्षेत्रहरु जहाँ बसोबास गर्ने शेर्पा, तामाङ, ह्योल्मो लगायतका हिमाली समूदायहरुले परम्परागत रुपमा घरगाँउमा मनाउने गरिन्थ्यो ।  त्यतिबेला लोसारको बारेमा नेपालका संचार माध्यमहरुमा चर्चासम्म पनि नहुने अवस्था थियो । तर यो पर्व अहिले आएर सुचना संचारको विकास, त्यसमा सबैको समान पहुँच, पछिल्लो समयमा आएको सामाजिक जागरण र ती समूदायहरुको विश्वव्यापी बसोबासको कारण वृहतर बन्दै गएको हो ।

    तिब्बत्ति पात्रो (दतु )अनुसार मनाइने साे चाड काे तिथिबारे पञ्चङ्गा निर्माण समितिबाट पटक पटक गल्ती हुँदा बौद्ध मार्गी हरु बेला बखत भ्रम मा पर्ने गरेको छ । यसपालि माघ २६ गते छु दावा छेवा चि परेकोले तदनुसार नै लोसार सम्पन्न भै सकेको र यस सम्बन्धमा मिति २०७२ साल पौष ३ गते नेपाल सरकारको गृह मन्त्रालयमा माननिय गृहमन्त्री शक्ति बहादुर बस्नेतसँग नेपाल शेर्पा संघको प्रतिनिधि र पत्रकार सहितको टोलीले भेट गरी यस सम्बन्धी सम्पूर्ण बिषयमा ज्ञापन-पत्र सहित ध्यानाकर्षण गराएका थिए । साथै मुल रुपमा पञ्चङ्गा निर्माण समितिबाट भुलबस: त्रुटि हुन गएकोले भबिष्यमा यस्तो गल्ती नदोहोर्याउन ज्योतिष बिद्या सम्बन्धी पारांगत लामा गुरु ज्युहरुलाई समेत समितिमा समेट्न सुझाएकाे थियाे तर २०७२ साल फाल्गुन २६ गते बिभिन्न सामाजिक मिडियाहरुमा लोसार सम्बन्धी मिडियाहरुमा आएकोले यसबाटपुन बाैद्दमार्गीहरुमा भ्रम सिर्जना भएको छ ।

    के हाे त लाेसार ? तीन प्रकारका ल्होसारहरु मध्ये नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । नेपालमा तमु, तामाङ, शेर्पा, थकाली लगायतका जातजातीले फरक-फरक समय र साँस्कृतिक मान्यताहरुका साथ फरक-फरक रुपमा ल्होसार मनाउँदछन् । पुषमा थकाली तथा तमु समुदायले मनाउने ल्होसारलाई तोला ल्होसार भनिन्छ भने माघमा तामाङ समुदायले मनाउने ल्होसारलाई सोनाम ल्होसार भनिन्छ । फाल्गुण शुक्ल प्रतिपदामा शेर्पा समुदायले मनाउने ल्होसारलाई ग्याल्वो ल्होसार भनिन्छ ।

         प्रकृतिका १२ वटा जीवजन्तु तथा पंक्षीहरुको नामबाट ल्होसारका १२ वटा बर्षको नामाकरण गरिएको छ । जस अनुसार शेर्पा समुदायले यो बर्षलाई बाँदर (टेलाेबर्षका रुपमा मनाउँदैछन् । ग्यल्बो ल्होसार कसरी मनाइन्छ? ग्याल्पो ल्होसारका दिन शेर्पाहरुले बिदाइ हुने साल बर्षको ग्रहदशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर गुम्बाहरुमा ङिस्युगु पूजा अर्थात ग्रहदशा विसर्जन गर्दछन् । शेर्पाहरु लोसारको पहिलो दिन शुभ दिन हुने भन्दै आफ्नै घरमा बसेर रमाईलो गर्दछन् । उनीहरुले घर अगाडि आँगनमा राखेको पुराना ध्वजापतकाहरु निकालेर नयाँ ध्वजाहरु लगाउँदछन् ।

त्यसरी टाँङ्ने ध्वजालाई लङ्दार भनिन्छ । एक किंवदन्ती अनुसार भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात धर्म प्रचार गर्दै देवलोक पुग्छन् । देवलोक पुग्दा देवता र असुरहरुबीच लडाइँ भईरहेको थियो । तर लडाँईमा देवताहरू असुरसंग पराजित हुन्छन् । त्यहिबेला भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन (इन्द्र भगवान्) का माध्यमबाट विजय शक्ति मन्त्र अर्थात ग्याल्जेन चेमु दिन्छन् । त्यहि मन्त्रको प्रभावले देवताहरूले असुरहरुलाई पराजित गर्छन् । यसै विश्वासका आधारमा शेर्पा समुदायमा ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार शेर्पा समुदायका घरघरमा टाँङ्ने प्रचलन सुरु भएको मानिन्छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार शुरु हुनु एक महिना अघि नै आ-आफ्नो घर रङ्ग्याउने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनहरुले सम्बोटा लिपिमा सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा ‘टाँसी देलेक’ भन्ने वाक्यांश र अष्टमंगलका चिन्हहरुले घर सजाउने गर्दछन् ।

ल्होसार सुरु हुनुभन्दा केहि हप्ता अगावै खाप्से अर्थात मैदाको पिठोबाट बनाइने विशेष परिकार तयार पार्ने गर्दछन् । शेर्पाहरुले आफ्नो ठाउँको हावापानी अनुसार ल्होसारको पहिलो दिनमा उम्रने गरी लोफुत अर्थात गहुँको बीउलाई एउटा भाँडामा राखेर उमार्ने गर्दछन् । ल्होसारका दिन उम्रिएको उक्त विरुवालाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गर्दछन् । शेर्पा समुदायहरुले ल्होसार अघिनै गुथुक गर्ने अर्थात घरभित्रको फोहोरमैला फाल्ने गर्दछन् । उनीहरुले आफ्नो घर सफागर्दा निस्किएको फोहोरलाई परिवारको ग्रहदशा फाल्ने भन्दै चोकमा लगेर विसर्जन गर्दछन् ।

उनीहरु ल्होसारको साँझमा विभिन्न नौ प्रकारका अन्न मिसाइएको खाना अर्थात गुथुक खान्छन् । उक्त खाद्य परिकार आफन्त, नातागोता तथा इष्टमित्र र घर गाउँले मिलेर एक आपसमा खुसी साटासाट गर्दै बाँडेर खाने गर्दछन् । गुथुक आँटाको छुट्टाछुट्टै डल्ला बनाई त्यसभित्र अलग-अलग सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन राखेर पकाइएको एक परिकार हो । उक्त गुथुकको डल्लालाई खाने बेलामा कसको गुथुकभित्र के पर्यो भनेर सवैले खोलेर हेर्दछन् ।

जसमा सेतो कपडाको टुक्रा पर्यो भने उसको मनोकामना पूरा हुने, गहुँ परेमा धन सम्पत्ति बढ्ने, कागजको टुक्रा परेमा विद्वता बढ्ने, खुर्सानी परेमा खरो स्वभावको हुने, कोइला परेमा कपट स्वभावको हुने, घ्यू परेमा चिप्लो बोल्ले स्वभाव हुने र नुन परेको खण्डमा बनेका योजनाहरु सफल हुने शेर्पा समुदायमा विश्वास रहेको छ ।

ल्होसार चाड देश तथा बिदेश मा छरिएर रहेका शेर्पाहरु आबद्द बिभिन्न सस्था को आयोजनामा बिबिध कार्यक्रम आयोजना गरी यो बर्षाको ल्होसार मानाइ सकेको छ ।एउटा एेतिहासिक र धार्मिक महत्त्व बोकेको चाड मनाउने खास तिथी थाहा नहुँदा कता कता बाैद्दमार्गी समुदाय का मानिसहरु भ्रम मा परेको होकी भन्ने बिज्ञहरुको तर्क रहेको छ भने अर्को तिर राज्यले यो बिषयमा गम्भिरता पुर्वक नलिनु र मुल रुपमा पञ्चङ्गा निर्माण समितिबाट भुलबस: हुने त्रुटि ले झनै दिग्भ्रमित पारिएको छ सम्बन्धित निकायको चाडै ध्यान पुगोस ।

          थुजिछे प्रबक्ता शेर्पा संघ टोक्यो जापान , सम्पादक समायोजन खबर डट कम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी