‘मेरी पियारी’ एल्बम सार्वजनिक

‘मेरी पियारी’ एल्बम सार्वजनिक

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 22.3K
    SHARES

काठमाडौँ, २६ फागुन ।

सङ्गीतकार बिबि अनुरागीको नयाँ एल्बम ‘मेरी पियारी’ सार्वजनिक भएको छ ।

अनुरागीको स्वर तथा सङ्गीत रहेको सो एल्बममा सुमन श्रापित, निलम आङ्बुहाङ राई, मुकेश राई, कृष्ण केसी, सञ्जीवनी, स्वरुपा रसाइलीलगायतका गायक÷गायिकाले समेत स्वर दिनुभएको छ । विभिन्न आठवटा गीत समावेश सो एल्बमलाई मङ्गलबार आयोजित एक कार्यक्रमका बीच विमोचन गरियो ।

त्यसैगरी, आगामी चैत १८ गते प्रज्ञा प्रतिष्ठान कमलादीमा बिबि अनुरागी एकल साँझ ‘टेको सन्ध्या’ हुने भएको छ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट अति प्रभावित धादिङ र सिन्धुपाल्चोक जिल्लाका क्षतिग्रस्त विद्यालयलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको सो एकल साँझको आयोजना गर्न लागिएको नेपाली कला सङ्गमका सल्लाहकार तथा संयोजक सुदर्शन महर्जनले जानकारी दिनुभयो ।

एल्बममाथि समीक्षा गर्दै सङ्गीतकार सुरेश अधिकारीले ‘मेरी पियारी’ एल्बममा व्यावहारिक र नेपाली समाज सुहाउँदो विषयवस्तु समावेश गरिएको छ भन्नुभयो ।

कार्यक्रममा संविधानविद् एवम् सङ्गीतकार भीमार्जुन आचार्य, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले र गीतकार तथा सञ्चारकर्मी रमेश पौडेललगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी