बुटबल, २६ फागुन ।
बिप्लप नेतृत्बको नेकपा माओबादीले अहिले देशभर एकिकृत जन अभियान सञ्चालन गरेको छ । युबा, बिधार्थी,मजदुर,मधेशि,दलित, महिला लगाएतको मेचि देखि महाकालि अभियान सञ्चालन गरेको हो ।
अभियानको क्रममा अभियान टोलिले सङँठन निमार्ण, सुदृढिकरण,प्रशिक्षण,पछिल्लो राजनितिक अन्तरबिरोध र आफुहरुको अबको दायित्व बारे जनतालाई प्रशिक्षित गर्दै आएका छन साथै अभियान टिमले माओबादी जनयुद्दको आधार ईलाका,युद्दकालका शहिद तथा बेपता परिवारजन भेटघाट,घाईते तथा अपाङजन भेटघाट गर्दै आएका छन । यसै गरि माओबादी अभियान टिमले जनयुद्दको झल्को आउने खालका साँस्कृतिक झलक समेत देशभर प्रर्दशन गरेका छन ।
अभियानकै क्रममा कतिपय स्थानमा माओबादीले स्थानिय जनताको आग्रह बमोजिङ बाटो बनाउने हस्पिटल सरसफाई गर्ने,शहिद परिवारको घरमा खेतिपाति तथा अन्य काम गरिदिने लगाएतका कार्य अभियान टिमले गर्दै आएको छ । बैध नेतृत्बको नेकपा माओबादी सगँ बिभाजन लगत्तै दाङमा राष्ट्रिय सम्मेलन सम्पन्न गरी राजनितिक गतिबिधि र सर्घसमा सक्रिय बिप्लप माओबादीले हाल सम्म करिब सात हजार भन्दा बढि सगँठन निमार्ण,करिब एघार हजार शहिद तथा बेपता परिवार जन सगँ भेटघाट,करिब सय भन्दा बढि गोप्य तथा खुला कार्बहि गरेको छ ।
पछिल्ला केहि महिना यता पार्टी महासचिब समेत रहेका बिप्लप सार्बजानिक कार्यक्रममा भने खासै देखिएका छैनन । यता माओबादीले पुरानो र बुर्जुवा ससँदिय ब्यबस्था साथै यसको जगमा निर्मित सरकारको बदलामा छुट्टै जनसरकार समेत निमार्ण गरेको छ । जनसरकारको सरँचना पाच तहमा बिभाजन गरेको छ केन्द्रिय जनसरकार,राज्य,जिल्ला,नपा तथा गाबिस र वडा गरी पाच तहमा सँरचना तय गरेको हो । माओबादीले स्थानिय परिषद मार्फत जनताका बिकास निमार्ण,स्थानिय अन्तरबिरोध र अन्याय अत्याचार बारे खुला रुपमा काम गर्ने माओबादी रणनिति छ ।
जनयुद्दकालमा भन्दा छुट्टै लडाईको बाटो तय गरेको माओबादीले एकिकृत क्रान्तिको सिद्दान्त अगाल्दै मध्यम बर्गको सहभागिता सहितको क्रान्ति गर्ने आन्तरिक तयारीमा देखिन्छ । मध्यम बर्गलाई समेटने सैद्दान्तिक र ब्यबहारिक पद्दति बारे भने माओबादीले प्रष्ट राखेको देखिदैन ।
पछिल्ला समय भारतिय नाकाबन्दी सगै नेपालमा तिब्रतामा बढेको कालोबजारी,सरकार तथा नेतृत्बको अबिश्बास र असक्षमता,युबाको पलाएन जस्ता गम्भिर राष्ट्रिय समस्याबारे जनता सगँ छलफल र परामर्श गर्दै एउटा उचाईमा आन्दोलन लाई पुर्याउने माओबादीको तयारी छ । साथै माओबादीले राष्ट्रिय रुपमा केहि भष्ट्र,दलाल हरुको लिस्ट तयार समेत पारेको बुझिएको छ ।
हालका सँसदबादी दल भित्र दलिय आडमा करोडौ रकम अनियमितता पुर्बक कमाएका ब्यक्तिहरुको स्रोत माग्ने त्यो पता नलागे भौतिक ढगँले खोसेर जनतालाई बाढने सम्मको माओबादीको आन्तारिक रणनिति देखिन्छ । यता दलिय आडमा गरिने गुण्डा गर्दि बिरुद्द माओबादी आक्रमक रुपले लाग्ने देखिन्छ । यि र यस्तै कार्यक्रमका साथ अभियान सञ्चालन गरेको माओबादीले अहिले देशभर बिक्रेन्दित भएर जनताको घरदैलोमा पुगेको छ ।
जनताको घरमा जाने जनतालाई प्रशिक्षित र सगँठित गर्ने र आबश्यक परे आन्दोलन र सर्घषको आर्क समाल्न अपिल गर्दै देशदौडाहमा लागेका छन । यता बिधार्थी सगँठन पनि शैक्षिक क्षेत्रमा देखिएको चरम बिकृति र बिसङति बिरुद शैक्षिक आन्दोलन गर्ने गर्दै आबश्यक परे कालोमोशो दल्ने र बाध्य भए भौतिक कार्बहि समेत गर्ने तयारीमा देखिन्छ ।
एकथरी ससँदबादी कार्यकर्ता ठेक्कापट्टा र बिकासे बजेट बाडिचुँढी देशको ढुकुटि रित्याउने खेलमा लागिरहदा अक्रो थरि कार्यकर्ता भने देशमा साम्यबादी ब्यबस्था ल्याउने अभियानका साथ भोकभोकै जन अभियानमा सरिक भएका छन ।
