हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल ल्याउदै

हिमालय एयरलाइन्सले आफ्नो पहिलो एयरबस नेपाल ल्याउदै

  • बुधबार, फाल्गुन २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, २६ फागुन। 

निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले आज आफ्नो पहिलो एयरबस नेपाल ल्याउदैछ । कम्पनीको ए३२० एयरबस दिउँसो एक बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्न लागेको हो । यही चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीका महाप्रबन्धक राजुबहादुर केसीले बताउनुभयो ।

हिमालयको विमान ३० गते विहान ११ बजे काठमाडौंबाट भारतको नयाँँदिल्ली उड्ने तालिका छ । दिल्लीबाट दिउँसो ४ बजे काठमाडौं फर्किएर राती ८ बजे दोहातर्फ उड्नेछ । अर्को दिन विहान सवा ७ बजे दोहाबाट काठमाडौं अवतरण गर्ने छ ।

हिमालय एयरलाइन्सले चीनको लिजिङ कम्पनीसँग १२ वर्षका लागि एयरबस भाडामा लिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी