मुलुकको विकासका लागि औद्योगिक क्रान्ति जरुरी : उद्योगमन्त्री पाण्डे

मुलुकको विकासका लागि औद्योगिक क्रान्ति जरुरी : उद्योगमन्त्री पाण्डे

  • मङ्लबार, फाल्गुन २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

इटहरी, २५ फागुन । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दमक क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी भइरहेको बताउनुभएको छ । मन्त्री पाण्डेले आज इटहरीमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको छैटाँै अधिवेशन तथा १७आँै साधारणसभाको उद्घाटन गर्दै देशका पाँच स्थानमा चाँडै नै नयाँ औद्योगिक क्षेत्र विकासका योजनासहित जग्गा व्यवस्थापन गर्ने कार्यलाई मूर्तरुप दिइने बताउनुभयो । मुलुकको समग्र विकासका लागि औद्योगिक क्रान्ति ल्याउन आवश्यक भएको उहाँको भनाइ थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमिरेको अध्यक्षतामा भएको उद्घाटन समारोहमा महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष श्यामप्रसाद गिरी, केन्द्रीय सचिव डम्बर रेग्मी र केन्द्रीय सदस्य मुकेश उपाध्यायलगायतले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ