काठमाण्डौ ,२५ फागुन ।
एक सय ६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा मंगलवार महिलाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाए ।
राजनितिक दलका भातृ संगठन महिला संघहरुले छुट्टाछुट्टै कार्यक्रम गरी नारी दिवश मनाएका हुन् । यसैक्रममा विप्लव नेतृत्व नेकपा माओवादी निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाण्डौको असन चोकमा कार्यक्रम गरी नारी दिवश मनायो ।
यसअघि मध्यान्ह १२ बजे काठमाण्डौ ,ललितपुर र भत्तपुर जील्लाका महिला नेतृहरुले भूगोलपार्कबाट संयुत्त रुपमा र्याली निकालेका थिए ।
अनेमसंघ क्रान्तिकारीका उपत्यका संयोजक धिरेन्द्रा उपाध्याय, ललितपुर जिल्ला अध्यक्ष सावित्रा अधिकारी र भत्तपुर जिल्ला अध्यक्ष गीता मल्लले नेतृत्व गरेको सो र्याली असनचोकमा पुगेर कोणसभामा परीणत भएको थियो ।
सोहि कोणसभालाई सँबोधन गर्दै नेकपा माओवादीकी पेलिटब्युरो सदस्य उमा भुजेलले महिलाको अधिकारका लागी अब फेरी युद्धको उद्घोष गर्नुपर्ने बेला आएको भन्दै त्यसका लागी आफुहरु सधै तयार रहेको बताउनु भयो ।
उहाले भन्नुभयो,‘यो सरकार दलाल पूँजिपतिहरुको हातमा रहेकोले यसले महिलालाई उत्पादन र उपयोगिताको साधनको दृष्टिले मात्रै हेर्छ, यस विरुद्ध एकसाथ लड्नु पर्छ ,त्यसका लागी हामी तयार छौ ।’
१ सय ६ बर्ष पहिले देखि महिला अधिकारको कुरा उठेपनि नेपालमा अहिले पनि महिलाले समान अधिकार पाउन नसकेको बताउनु भयो । भुजेलले महिला हक अधिकारको निम्ति भन्दै केहि संघसांस्थाहरुले विदेशि आई एन्जियोहरुबाट अर्थिक संकलन गरेर औपचारिकतामात्रै निभएको आरोप लगाउनु भयो । उहाले भन्नुभयो ‘विदेशीको पैसामा अन्तरक्रिया,छलफल र कोठे बैठक गरेर महिला मुक्ति हुन्न,बरु अफ्नो हकअधिकारकालागि कडा आन्देलनलाई अंगिकार गर्नु पर्छ,जस्को वातावरण र संरक्षण हाम्रो पार्टीले निर्माण गरेको छ ।’
वर्तमान राज्यसत्ता विदेशिका सामु निरिह र नेपाली जनताको संरक्षक नभई सासक मात्रै भएकाले यसले नेपाल राष्ट्रको रक्षा पनि गर्न सक्ने अवस्थमा नरहेको बतउंदै, जसकोलगी जनवादी सासन व्यवस्थाको लागि आफहरु नयाँ क्रन्तिमा जुटेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रिय सदस्य माईला लामाले हरेक राजनितिक परिवर्तनका क्रममा सक्रिय भुमिका निवार्ह गरेका नेपाली चेलीको ईज्जल अहिले अन्तराष्ट्रिय बजारमा बेचबिखन हुने गरेको प्रति आक्रोस पोख्नुभयो । उहाले भन्नु भयो , पन्चायकालमा बम्बैमा नेपाली चेली बेचिन्थे तर बहुदलपछि रोजगारीको नाममा बिभिन्न मुलुकमा उनीहरुको ईज्जत लिलाम हुने गरेको छ ।
महिलाको मुत्तिका लागी भनेर १० बर्षे जनयुद्धमा होमिएर एके ४७ सँग सुन्दर जीवन गासेका महिलाहरु पनि शान्ती प्रक्रियामा आएसँगै अपमानित जीवन बिताउन बाध्य भएको बताउनु भयो ।
देशभत्त संघिय जनवादी मोर्चा महासचिव खुमा सुबेदीले महिलाका मुद्धा उठाएर आन्देलन गर्ने तर सत्तामा पुगेपछि उनीहरुको बलिदानलाई ब्यवस्था गरि कानमा तेल हालेर बस्ने गरेको आरोप लगाउनु भयो ।
जनयुद्धका तत्कालिन नेतृत्वप्रति इंगित गर्दै उहाले जनययुद्धका क्रममा ज्यान गुमाएका महिलाका परिवारको विचल्ली भएको भन्दै अब पनि ती नेताहरु नसच्चिए नयाँ क्रान्तिको सुरुवात गर्न आफुहरु पछि नपर्ने चेतावनी दिनुभयो । उहाले भन्नुभयो , हिजो महिलालाई अधिकार दिन्छु भन्नेहरु आज तीनैको बलिदानमा टेकेर महलमा बसेका छन् ,आवश्यक परे ती महल खोस्न पनि पछि पर्दैनौ ।




