३६ जिल्लामा हात्तीपाइले औषधी सेवन अभियान संचालन गरीने

३६ जिल्लामा हात्तीपाइले औषधी सेवन अभियान संचालन गरीने

  • आइतवार, फाल्गुन २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाण्डौ,२३ फागुन ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत यो बर्ष ३६ वटा जिल्लामा हात्तीपाइले औषधी सेवन अभियान संचालन गरीने भएको छ ।

इपिडियोमिलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यहि फागुन २९,३० र चैत १ गते ३६ जिल्लाका १ करोड ३० लाखलाई औषधी खुवाइने कार्यक्रम छ ।

त्यसमध्ये मोरङ र उदयपुरमा भने फागुन २१ देखि तीन दिन औषधि सेवन कार्यक्रम सम्पन्न भईसकेको महाशाखाका प्रमुख डा बाबुराम मरासीनिले बताउनु भयो । मरासिनीका अनुसार भोजपुर ,इलाम ,झापा ,धनकुटा ,तेह«थुम ,पाचथर ,ओखलढुङगा ,सप्तरी ,सिरहा ,सुनसरी ,ललितपुर ,बाग्लुङ, म्याग्दी ,पर्वत ,लम्जुङ ,दाङ ,रोल्पा ,रुकुम , सल्यान ,बाकेँ ,बर्दिया ,जाजरकोट ,सुर्खेत ,दैलेख ,बैतडी डडेलधुरा ,डोटी ,कैलाली ,कन्चनपुर ,अछाम ,बझाङ ,बाजुरा र दार्चुलामा तीन दिन अभियान सन्चालन हुनेछ ।

अभियानमा १३ हजार ७८ स्वास्थ्यकर्मीे तथा ६५ हजार ६ सय ७८ स्वयम सेबवकहरु परिचालित हुने छन् । दुइ बर्ष नपुगेका केटाकेटीहरु गभबर्ती,७ दिनसम्मका सुत्केरी,छारे रोगी तथा सिकिस्त बिरामीहरुले हात्तीपाइले रोगको औषधी सेवन गर्न नहुने डा गुन निधि शर्माले बताउनु भयो । खालि पेटमा हात्तीपाईलेको औषधि खानु नहुने भन्दै डा शर्माले खाना सँगै वा खाना पछि खानु पर्ने बताउनु भयो ।

                    नेपालमा हात्तीपाइले रोगको अवस्थाPicture1

  • यो रोग ६१ जिल्लामा जनस्वास्थ्य समस्याको रुपमा पाइएको छ ।
  • प्रिभ्यालेन्स दर औसतमा १३ % छ ।
  • दुई करोड ५० लाख जनसंख्या जोखिममा रहेका छन् ।
  • नेपालमा यो रोगको परजीवि Wuchereria bancrofti
    हो ।
  • नेपालमा क्यूलेक्स क्विङ्किफासियाटस प्रजातिको लामखुेट्टेले यो रोग सारेको पाइएको छ ।
  • तीस हजार भन्दा बढि दिर्घ रोगीहरु रिर्पोट भएका छन् । 

नेपालमा सन् २००३ देखि सुरु भएको यो अभियान हालसम्म प्रभावित ६१ जिल्लाहरुमा सन्चालन भईसकेको भन्दै महाशाखा प्रमुख मरासिनीले २५ वटा जिल्लामा ६ पटक नै आम औषधि सेवन कार्यक्रम नै सम्पन्न भईसकेको बताउनु भयो । नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष लिएको छ ।

       हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रमका प्रगतीहरु

  • म्यापिङ्ग संपन्न भएको ।
  • सबै जिल्लामा कार्यक्रम पुगेको ।Picture3
  • २५ जिल्लामा MDA
     कार्यक्रम बन्द भएको ।
  • अहिले सम्म ९ करोड मात्रा औषधि सेवन भएको ।
  • Post MDA surveillance tyf Morbidity Management   का कार्य सुरु भएको ।

हात्तीपाईले रोग विश्वका ७० भन्दा बढि मुलुकहरूमा पाइएको छ । १२ करोड मानिसहरू हात्तीपाईले रोगबाट संक्रमित छन् भने १ अरब भन्दा बढी मानिसहरू यो रोगको जोखिममा रहेको तथ्याङकले देखाउछ ।

कुल संक्रमित मध्ये १ करोड ५० लाख हात्तीपाईले , २ करोड ५० लाख अण्डकोष तथा यौनाङ्ग सुन्निएको र ८ करोड साधारण खाले लक्षणहरू वा लक्षण बिहिन अवस्थामा रहेका छन् ।

हात्तीपाइले(फाईलेरिया) रोगबाट प्रभावित मुलुकहरू मध्ये धेरै जसो दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्व एशिया र पश्चिमी प्रशान्त एशियाका अधिकांश सर–सफाईको कमी भएका गरिब मुलुकहरु पर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी