फागुण २२ काठमाण्डौं । उपभोक्ताको घरायसी सामाग्री विक्री वितरणमा नया रणनीतिका साथ अघि बढीरहेको बिगमार्टले आफ्नो नया १६ औं शाखा काठमाण्डौं नक्सालमा पनि खोलेको छ ।आज बिहान बिगमार्टका सिईओ सास्वत ढकाल, अप्रेसन म्यानेजर गजेन्द्र न्यौपाने लगायतकाको उपस्थितिमा नक्साल प्रहरी पेट्रोल पम्प छेउमा रहेको मार्ट उद्घाटन भएको छ ।
तरकारी फलफुल,,खाद्य सामाग्री सहित ५ हजार देखि ७ हजार सम्म सामानका आईटमहरु बिगमार्टले विक्री गरीरहेको अप्रेसन म्यानेजर न्यौपानेले जानकारी दिनु भयो । त्रिवेणी ग्रुपले सन् २००९ मा सिटी सेन्टरबाट शुरु गरेको बिग मार्ट काठमाण्डौंमा १२ वटा र ललितपुरमा ४ वटा गरी हाल सम्म १६ वटा रहेको छ ।
सन् २०१७ सम्ममा बिगमार्टको संख्या उपत्यकामा मात्रै ३५ वटा पुर्याउने लक्ष्य रहेको न्यौपानेको भनाई छ ।
उहॉले उपभोक्तालाई सुलभ मुल्यमा सामाग्रीहरु प्रदान गरीरहेको भन्दै तरकारीमै पनि कालीमाटीमा भन्दा अझ केही सस्तो मात्रामा विक्री गरीरहेको बताउनु भयो । विगमार्टकोे कुनै पनि शाखामा खरीद गर्ने सबै सामानको मुल्य एउटै रहेको छ र उपभोक्तालाई सन्तोषजनक सेवा दिएको अनुभव भएको बिगमार्टमा आएका केही उपभोक्ताहरुले समेत अनुभव सुनाएका छन् ।
फास्ट मुभिङ कन्जुमर गुड्सको विक्री गर्ने यस मार्टले बिहान ७ देखि बेलुकी ९ बजे सम्म सबै शाखा खोल्ने गरेको छ भने मुख्य शाखा लाजिम्पाटमा राति १२ बजे सम्म खुल्ला रहने न्यौपानेले जानकारी दिनु भयो ।
उपभोक्ताहरुलाई सरल व्यवहार, पर्याप्प पार्किङ, सामानमा सुलभ मुल्य र सबै थोक एकै ठाउमा रहने भएकाले पनि उपभोक्ताहरु यस मार्टमा आकर्षित भएको देखिन्छ ।


