सामूहिक कृषि उत्पादनमा जुट्यो काँडेवास

सामूहिक कृषि उत्पादनमा जुट्यो काँडेवास

  • शुक्रबार, फाल्गुन २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

बागलुङ, २१ फागुन ।

बागलुङ जिल्लाको काँडेवासका किसान सामूहिक कृषि उत्पादनमा जुटेका छन् ।

विभिन्न समूहमा आबद्ध यहाँका किसान विभिन्न पेसामा व्यावसायिक बन्न थालेका हुन् । काँडेवास गाविसमा मात्रै पछिल्लो दुई वर्षको अवधिमा करिब रु ५० लाखको लगानीमा सामूहिक कृषि तथा पशुपालन फर्म सञ्चालन गरिएको छ । समूहमा आबद्ध भएर काम गर्दा लगानी जुटाउन सजिलो हुने कृषकले बताएका छन् ।

समूहमा आबद्ध भएर काम गर्न सजिलो हुने साथै ठूला योजना सञ्चालनका लागि लगानी जुटाउनसमेत सजिलो हुने जागृति पशुपालन तथा कृषि समूहका अध्यक्ष घनश्याम चालिसे बताउनुहुन्छ । “समूहमा आबद्ध भएर अपनत्व महसुस गर्नसके निकै लाभ हुँदो रहेछ” उहाँले भन्नुभयो ।
जागृति पशुपालन तथा कृषि समूहले काँडेवासमा गाई फर्म, बाख्रापालन, माछापालन तथा बङ्गुरपालन गरेको छ । सरकारी अनुदानले समूहमा आबद्ध भएर व्यवसाय सञ्चालन गर्न पे्ररित गरेको चालिसेको भनाइ छ । समूहले गाविसको वडा नम्बर २ चालिसेटोलामा गाईफर्म सचालन गरेको छ । करिब रु १५ लाखको लागतमा १५ वटा जर्सी तथ होलेस्टोन जातक गाई पालिएको छ ।

यस्तै वडा नम्बर–३ मा रु २० लाखको लगातमा बाख्रा फर्म, वडा नम्बर–३ कै पचुवा गैरीफाँटमा रु १२ लाखको लागतमा माछापालन तथा तरकारीखेती गरिएको छ । करिब रु १५ लाखको लागतमा समूहमार्फत नै बङ्गुरपालन गरिएको चालिसेले बताउनुभयो ।

समूहमा आबद्ध सबै १८ जना सदस्यलाई विभिन्न फर्ममा जिम्मेवारी तोकिएको छ । सञ्चालित फर्मले क्रमशः मुनाफा हुन थालेको छ । सुरुका दुई वर्ष लगानी वर्षको रूपमा रहे अब क्रमशः प्रतिफल पाउन थालेका सहकारीले जनाएको छ । सामूहिक कृषिबाट समयको बचत, लगानी जटाउन सजिलो, उत्पादन र बजारीकरणमा सहजता र सामाजिक उत्तरदायित्व जस्ता सकारात्मक प्रभाव परेको पाइएको छ ।

सहकारीमार्फत खेती किसानी गर्दा सरकारी अनुदानसमेत पाउन भएपछि किसानको थप आकर्षण बढेको छ । जिल्लाका कृषि तथा पशु विकास कार्यालयमार्फत किसानलाई अनुदान प्रदान गर्दा सामूहिकताले प्राथमिकता पाउने गरेको छ । “समूह वा सहकारीमार्फत फर्म वा व्यवसाय सञ्चालन गर्ने किसानलाई सरकारी अनुदानको दायरामा ल्याउन सजिलो हुन्छ ।” वरिष्ठ कृषि विकाश अधिकृत विनोद हमालले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी