काठमाण्डौ,२० फागुन ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समृद्धिको आधार निर्माण गर्नेगरी आर्थिक वर्ष २०७३ र ७४ को बजेट तयार गरिने बताउनु भएको छ । राजस्व परामर्श समितिको आजको बैठकमा अर्थमन्त्री पौडेलले यस्तो बताउनु भएको हो ।
उहाले समृद्धिको पक्षमा सबैको साझा अवधारण बनिसकेको उल्लेख गर्दै उच्च आर्थिक वृद्धि र समृद्धिलाई ध्यानमा राखेर बजेट तयार गर्न र त्यसका लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
विभिन्न क्षेत्रसँग सम्बन्धित ९ वटा उपसमितिले राष्ट्रिय, क्षेत्रीय र स्थानीय स्तरमा अन्र्त्क्रियाहरु सञ्चालन गरी प्राप्त सुझावहरुका आधारमा प्रतिवेदनसहित सिफारिस गर्ने छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline