२२ जना नयाँ सहिद घोषणा

२२ जना नयाँ सहिद घोषणा

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौँ, १९ फागुन ।

सरकारले निरंकुश पञ्चायती शासनकोविरुद्ध संघर्षमा रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट जीवनहरण गरिएकाको योगदानलाई कदर गर्दै २२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।

आज सिहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले डडेल्धुराका भीमदत्त पन्त ,धनुषाका दुर्गानन्द झा, गुल्मीका शमशेरबहादुर खत्री , झापाका रामनाथ दाहाल ,नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठलाई सहिद घोषणा गरेको छ ।

यस्तै सहिद घोषणा हुनेमा सिन्धुलीका ऋषि देवकोटा ‘आजाद’ , ओखलढुगांका यज्ञबहादुर थापा, धनकुटाका भीमनारायण श्रेष्ठ , सिराहाका राम उपाध्याय , लक्ष्मण उपाध्याय , ओखलढुंगाका लीलानाथ दाहाल , खगेन्द्रराज दाहाल, गोकर्णबहादुर कार्की , इलामका रत्नकुमार वान्तवा, सिरहाका सूर्यनाथ यादव , ताप्लेजुङका हरि नेपाल , संखुवासभाका चन्द्रबहादुर पुरी र झापाका चन्द्र डाँगी रहेका छन ।

यसैगरी, टिम्बुरबोटे र छिन्ताङलगायतका स्थानमा मारिएकालाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव रहेको समिति गठन गरिएको सरकारका प्रबक्ता एबम सन्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ