काठमाण्डौ,१९ फागुन ।
सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नियुक्त गरेको छ । आज दिउसो बसेको मन्त्रिपरिषद बैठकले बरिष्ठ डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र डेपुटी गर्भनरमा शिवराज श्रेष्ठलाई नियुक्त गरेको हो ।
यस्तै बैठकले हङकङ, ल्हासा र कोलकत्तामा महावाणिज्य दूत नियुक्त गरेको छ । सहसचिव एकनारायण अर्याललाई कोलकता महावाणिज्य दूत ,गोविन्द कार्की ल्हासा र कमल भट्टराईलाई हङकङ महावाणिज्य दूतमा नियुक्त हुनुभएको छ ।
त्यसैगरी मन्त्रिपरिषद बैठकले भूकम्पका कारण क्षति पुगेका निजी आवास पुनर्निर्माणका लागि ऋण सहयोग वितरणसम्बन्धी कार्यबिधीसमेत पारित गरेको सरकारका प्रबक्ता एबम सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline