काठमाण्डौ ,१९ फागुन ।
लोक दोहोरी गायक तथा सर्जक केशव घिमिरे को लोकदोहोरी रोइला गीत आधिखोला तरेर बजार मा आएको छ।
मुख्यत स्याङ्जा जिल्ला र आसपास का जिल्ला हरु मा बढी प्रचलित रोइला भाका स्याङ्जा जिल्ला कै नाम राखेर बनाइएको छ ।
पल्लो गाउ मा पुजा छ रे भन्ने खबर पा,को
त्यै भएर हस्याङ फस्याङ म दौडिदै आ,को
आधिखोला तरेर
आए तिमि भन्दै सेति दोभान तरेर
आधिखोला तरेर
गाउँले सस्कृती बन ,पाखा,मेला ,पात,उकाली ओराली लाइ नै समाबेश गरेर बनाएको यस गित लाइ चन्दन म्युजिक ले उत्पदकरबितरक गरेको छ ।
पधेरी मा गा,कि थिए तिम्रै बोलि सुने
गाइ लाइ पराल हाले अनि खोर मा बाख्रा थुने
आए म नि भागेर
कस्तो भा छौ भनी देखन मन लागेर
आए म नि भगेर
पछिल्लो समय लोक दोहोरी मा उताउला शब्द र भद्दा भिडियो हरु आउन थाले ता पनि यस गीत मा त्यस्तो देखन पाइने छैन ।
थुप्रै चर्चित गीतरु जेलमा थुनेनी,देखन मन लाइरन्छ, रुन्छु बर्है मैना,धर्ती फटला,तिज गीत किन्दिउला म चुरा,मुकुन्दे को बाउ,चट सरि मिलएर,नारी त लक्ष्मी हुन,एक नम्बर लगायत ६ दर्जन जति गीत मा स्वर दिइसकेका घिमिरे को यस गीत मा पनि शब्द,लय स्वर आफ्नै रहेको छ भने देवि घर्तीले स्वर मा साथ दिएकी छ्न ।भने नृत्य होम गुरुङ को रहेको छ भने निर्देशन केशब घिमिरे ले नै गरेका छ्न अभियान रेशम थापा र मनिशा गौतम को रहेको छ।
दुई गीत संगै रहेको यस एल्बम मा अर्को लोक दोहोरि गीत ढुङ्गा खोज्दा देउता भेटियो मा घिमिरे कै शब्द,लय ,स्वर,रहेको छ भने सुजन बि.क र रिमा शाही ले स्वर मा साथ् दिएका छ्न ।
साथै थेगो तेजेन्द्र सुनार को रहेको छ साथै यो गीत मा अभियान केशव घिमिरे र कश्मिरा शर्मा को रहेको छ भने निर्देशन घिमिरे आफै ले गरेका छन हामी संग को भेट् मा दुई वटा गीत को म्युजिक भिडियो उत्कृष्ट रहेको ले गीत ले सफलता पाउने बताए ।
भिडियो हेर्नुस् ।