कंग्रेस सभापतिका प्रत्यासी भन्छन ‘एकता कायम गरी पार्टीलाई अघि बढाउछौ’

कंग्रेस सभापतिका प्रत्यासी भन्छन ‘एकता कायम गरी पार्टीलाई अघि बढाउछौ’

  • बुधबार, फाल्गुन १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ,१९ फागुन ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासीहरुले आगामी दिनमा पार्टीमा बृहत एकता कायम गरी पार्टीलाई अघि बढाउने बताएका छन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापतिका प्रत्यासीहरु कार्यबाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनबाट जसले नेतृत्व लिएपनि पार्टीमा बृहत एकता कायम गरी अघि बढ्ने बताएका छन ।

कार्यबाहक सभापति पौडेलले पार्टीको सांगठनिक सुदृढीकरण गर्दै एकताबद्ध रुपमा पार्टीलाई अघि बढाउने बताउनुभयो । यस्तै संविधान बमोजिम कंग्रेसको विधान परिमार्जन गरिने र संविधानप्रति विभिन्न समुदायले देखाएको असन्तुष्टी सम्बोधन गर्न कंग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

बरिष्ठ नेता देउवाले समावेशीताको पार्टीको संरचनामा लागु गर्ने आफ्नो योजना रहेको भन्दै सबै पक्षको सम्मान गरी अघि बढ्ने आफ्नो योजना रहेको बताउनुभयो । सीमांकन लगायतका मुद्दामा देखिएका असन्तुष्टी सम्बोधन गर्न पार्टी थप शसक्त हुने उहाँको भनाई थियो ।

सभापतिका अर्का प्रत्यासी महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनको परिणामलाई स्विकर गरी पार्टी्भित्र वृहत एकता कायम गर्न भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ