काठमाडौ १९ फागुन ।
नेपाली कांग्रेस संस्थापन पक्षले आज उम्मेदवारी घोषणा गर्दै छ । पार्टीको आगामी नेतृत्वका लागि संस्थापन पक्षबाटै ३ जनाले उम्मेदवारी घोषणा गर्दैछन । नेतृ सुजाता कोइराला बिना प्यानल एक्लैले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा हाल केन्द्रीय सदस्य रहेकी कोइरालाले आज आफनै निवासमा मण्डीखाटारमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्नुभएको हो ।
संस्थापन पक्षबाट एउटै मात्रै उम्मेदवार बनाउने प्रयास असफल भएपछि कार्यबाहक सभापति रामचन्द्र पौडेल, र महामन्त्री कृष्णप्रसाद सिटौला प्यानल बनाएर चुनावी मैदानमा उत्रिन लाग्नु भएको छ ।
पौडेल र सिटौला आज छुट्टा छुट्टै पत्रकार सम्मेलन गरी उमेदवारी घोषणा गर्दैहुन्छ । कार्यबाहक सभापति पौडेलले अपरान्न ४ बजे पार्टी कार्यलय सानेपामा र महामन्त्री सिटौलाले अपरान्न तीन बजे गौशाला स्थित अनुपम पार्टी प्यालेसमा उमेदावरी घोषणा गर्दैहुनुहुन्छ ।
सभापतिमा नेतृ कोइरालाको उम्मेद्वारीसँगै कांग्रेसको महाधिवेशनमा ४ जना सभापतिको उम्मेद्वार हुने देखिएको छ । यता वरिष्ठ नेता शेर बहादुर देउवा पक्षले भने भोली मात्र उमेदवारी घोषणा गर्ने तयारी गरेको छ ।
संस्थापनबाट असन्तुष्ट बनेकालाई समेत समेटेर देउवा पक्षले भोली बिहान पार्टी कार्यलय सानेपामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्ने तयारी गरेको छ ।