काठमाडौँ, १९ फागुन ।
काठमाडौँबाट लुक्लाका लागि उडेको गोमा एअरको कल साइन ९ एन–एकेजेड विमानमा चरा ठोकिए पनि दुर्घटना हुनबाट जोगिएको छ ।
बिहान साढे ८ बजे लुक्लाका लागि उडेकोे विमानमा चरा ठोकिएको र तत्काल विमान आकस्मिकरुपमा अवतरण गरेपछि दुर्घटना हुनबाट जोगिएको नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल खोज तथा उद्धार समन्वय केन्द्रका महाप्रबन्धक देवानन्द उपाध्यायले जानकारी दिनुभयो ।
विमानमा चालक दलसहित नौजना यात्रु रहेका थिए । विमानको पखेटामा क्षति भएकाले त्यसको मर्मतका लागि केही दिन लाग्नेसमेत उहाँले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline