काठमाण्डौ ,१९ फागुन।
नव गायक शोभाखर भट्टराईको लाक दोहोरी गीत “दुई आँखाको आश”छोटो समयमा नै दर्शक श्रोता माझ लोकप्रिय बन्न सफल भएको छ ।विदेशमा रहेर पनि नेपाली मौलिक परम्परालाई भुल्न नहुने धारणा राख्ने गायक भट्टराईको यो पहिलो गीत हो ।
उनी भन्छन् , पहिलो प्रयासलाई नै दर्शकले मनपराईदिएर यति माया गरेको देख्दा विदेशी भूमिमा रहेपनि आफ्नो देशका लागी केहि गर्न सके जस्तो लाग्छ ।
पाल्पा जिल्लामा जन्मिएका भट्टराईको आर्थिक अवस्था कमजोर भएका कारण बिदेशीनु परेको दुखेसो पोख्छन् । पैसा कमाउन का लागी बिदेशीनु पर्दाको पिडा अनी पराई भूमीका भोग्नु परेका अनेक अप्ठ्यारा र एक्लो पन दुर गर्न नेपाली मौलिकता बाकेका यस्तै लोक गीतहरु नजिकको सारथी भएकोले आफुले पनि पहिलो पटक प्रयास गरेको धारणा राखे ।
उनले गीतमा स्वर र लय दुवै दिएका छन् । भने एउटा गित मा आफैले अभिनय समेत गरेका छन् । भट्टराईलाई स्वरमा गायिका पूर्ण कला बि सी ले साथ दिएकी छन् । गीतको शब्द बादल घिमेरेको हो ।
उनले आफ्नै लय तथा शब्दमा बैगुनीले छोडी लगायतका गीत छिट्टै नै बजारमा आउने तयारीमा रहेको बताए ।